५३ केजी गाँजा सहित चालक र सहचालक पक्राउ

पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका– ३० लालपर्साबाट शनिबार राति मिनी ट्रकबाट गाँजा बरामद गरेको छ ।

सम्वादाता | २०७९ बैशाख १८ गते ११: ३३ मा प्रकाशित

वीरगन्ज– पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका– ३० लालपर्साबाट शनिबार राति मिनी ट्रकबाट गाँजा बरामद गरेको छ । चालक र सहचालक पक्राउ परेका छन् । लालपर्सा गाउँतर्फ गइरहेको ना.३.ख ६३८४ नम्बरको मिनी ट्रकलाई प्रहरी चौकी परवानीपुरको टोलीले चेकजाँच गर्दा दुईवटा बोरामा राखिएको ५३ केजी गाँजा बरामद भएको हो । प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार शनिबार राति साढे ११ बजेको समयमा लालपर्सातर्फ गइरहेको उक्त ट्रकलाई लिटल फ्लावर बोर्डिङ स्कुल अगाडि नियन्त्रणमा लिई चेकजाँच गर्दा बोरा भित्र लागू औषध गाँजा बरामद भएको हो । मकवानपुरको हेटौडा उपमहानगरपालिका– ११ निवासी ४५ वर्षीय ट्रक चालक पूर्ण बहादुर मोक्तान र मकवानपुरकै गढी गाउँपालिका– ४ निवासी २६ वर्षीय सहचालक राज भुलनलाई प्रहरीले नियन्त्रमा छ । लागू औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको डिएसपी खनालले बताए । 

प्रतिक्रिया दिनुहोस्