कांग्रेस र जसपाको गठबन्धन निरन्तर घरदैलोमा

गठबन्धनबाट वीरगञ्जको मेयरमा जनता समाजवादी पार्टी नेपालबाट राजेशमान सिंह र नेपाली कांग्रेसबाट उपमेयरमा इम्तियाज आलम उम्मेदवार छन्

सम्वादाता | २०७९ बैशाख १८ गते ११: ०० मा प्रकाशित

वीरगञ्ज, १७ वैशाख–जनता समाजवादी पार्टी नेपाल र नेपाली कांग्रेसको गठबन्धनले वीरगञ्जमा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको छ । गठबन्धनबाट वीरगञ्जको मेयरमा जनता समाजवादी पार्टी नेपालबाट राजेशमान सिंह र नेपाली कांग्रेसबाट उपमेयरमा इम्तियाज आलम उम्मेदवार छन् । सिंह र आलमले आइतबार वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ को सुगौलीमा घरदैलो गरेका छन् । घरदैलोका क्रममा स्थानीयहरुसँग भेटघाट गर्दै सिंह र आलमले मेयरमा छाता छाप र उपमेयरमा रुख छापमा मतदान गर्न आग्रह गरे । स्थानीयहरुले पनि सिंह र आलमलाई विजयको शुभकामना दिँदै मेयरमा छाता छाप र उपमेयरमा रुख छापमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मेयरका उम्मेदवार सिंहले वीरगञ्जको विकास, राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन अपरिहार्य रहेको बताउँदै गठबन्धनका मेयर र उपमेयर दुवैले विजय हासिल गर्ने विश्वास व्यक्त गरे । सिंहले आफ्नो एक मात्र लक्ष्य नगरको विकास र जनताको सेवा रहेको बताए । जनताको चाहना र नगरको आवश्यकता अनुसार गठबन्धनले विकासलाई अगाडि बढाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्