‘सूर्यमा छाप, झ्याप झ्याप’

वीरगञ्जमा मत माग्दै एमालेका उम्मेदवार मतदाताका घरदैलोमा

सम्वादाता | २०७९ बैशाख १८ गते १०: ५६ मा प्रकाशित

वीरगञ्ज १८ बैशाख स् नेकपा एमाले वीरगञ्न महानगरपालिका मेयर , उपमेयर , वडाध्यक्ष र वडासदस्य पदका उम्मेदवारहरूले उल्लासका साथ आज वडा नं। ६ मा घरदैलो अभियान शुरु गर्नु भएको छ । महानगरलाई लालकिल्ला बनाउने योजनाका साथ उम्मेदवारहरू चुनावी घरदैलो अभियानलाई तिव्रता दिएको छन। ‘सूर्यमा छाप, झ्याप झ्याप’ भन्ने नारासहित वडानगरवासीको घरदैलोमा मत माग्न हिड्न थालेका एमालेका उम्मेदबारसहितका नेता कार्यकर्ताले जनताको हितमा काम गर्ने एकमात्र पार्टी एमाले रहेको वताएका छन् । नगरप्रमुखका उम्मेदवार विजय कुमार सरावगीसहित वडाका पाँचै जना एमालेका उम्मेद्वारहरु घर–घरमा गएर मत माग्ने कार्य गरिराहेका छन् । घरदैलो अभियानमा जुटेका नेता तथा कार्यकता प्रत्येक घरका प्रत्येक सदस्यसँग भोट माग्ने कार्यलाई तिव्रता दिएको हो । ‘यस पटक महानगरपालिकामा एमालेले विजय हासिल गर्ने निश्चित भइसक्यो । हाम्रो पार्टी विजय भएपश्चात यस स्थानको मुहारै फेरिदिने छौँ । भर्खरै मुलुकमा न्यूनीकरण हुँदै गइरहेको कोरोना महामारीले थलिएका जनताको हितमा समेत विभिन्न काम गर्ने योजना एमालेको रहेको छ,’ सरावगीले बताउँनु भयो । घरदैलो अभियानमा थुप्रै महिला तथा युवा र केही ज्येष्ठ नागरिकको सहभागिता थियो । अधिकांश स्थानीयवासीले यस स्थानीय निर्वाचनमा एमालेलाई शानदार रूपमा विजयी गराउने प्रतिवद्धता दर्साएका थिए ।

प्रतिक्रिया दिनुहोस्