वीरगन्ज,१७ बैशाख स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका मध्ये पर्सामा ४१ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगले मनोनयन फिर्ताका लागि शुक्रबार बिहान १० देखि साँझ ५ बजे सम्म समय दिएकोमा पर्सामा ४१ जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ । पर्सामा पालिका प्रमुखका ४ जना, वडा अध्यक्षका १३ जना, वडा सदस्यका १७ जना, महिला सदस्यका ४ जना र दलित महिला सदस्यका ३ जना गरि ४१ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । वीरगन्ज महानगरपालिकामा वडा अध्यक्षका ४ , वडा सदस्यका ४ र दलित महिला सदस्यका १ गरि ९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
काठमान्डुमा करणसहित राष्ट्रिय टिमका भिम शार्की छन् भने राष्ट्रिय टिमबाट खेलेका शाहब आलम र रासिद खान पनि छन् । यसबाहेक घरेलु क्रिकेट खेलिरहेका शंकर राना सुमित महर्जन कृष्ण कार्की यू१९ विश्वकप खेलेका दिपेश कँडेल पनि छन् । विदेशी खेलाडीको आगमनपछि काठमान्डु टिम सन्तुलित देखिएको छ ।
निर्विघ्नपूर्वक महोत्सव सम्पन्न गर्न जानकी मन्दिर परिसरमा सर्वदपक्षीय बैठक सम्पन्न भएको छ । विवाहपञ्चमी महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न सम्बद्ध सबैलाई जुट्न मन्दिरका महन्थ रामतपेश्वरदास वैष्णवले आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्