वीरगञ्ज १७ बैशाख– संघीय शिक्षक फोरम नेपाल वीरगञ्ज महानगरपालिकाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउने सम्बन्धमा छलफल भएको थियो । शिक्षक फोरम नेपाल वीरगञ्ज महानगर समितिका अध्यक्ष गया प्रसाद चौरसियाको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मेयरका उम्मेदवार राजेशमान सिँहले बौद्धिक वर्गसँग समन्वय गर्दै महानगरको बिकास गर्नका लागि आफुले उम्मेदवारी दिएको बताए । ५ वर्षसम्म सरुवा तथा बडुवा र शिक्षामा भ्रष्टाचार गरेर शैक्षिक क्षेत्रलाई अस्तव्यस्त बनाएको हुँदा अब आफुले शिक्षालाई गुणस्तरीय र सर्वसुलभ बनाउने सिँहको भनाई छ । शैक्षिक माफियाहरु सलबलाएको र बिनाकाम शिक्षकहरुको सरुवा र बडुवा गराएर दुःख दिने परिपाटीको अन्तय गर्नका लागि पनि गठबन्धनलाई जिताउनुपर्ने सिँहले बताए । कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य प्रदीप यादव, नेपाली कांग्रेसको तर्फबाट उपमेयरका उम्मेदवार इम्तियाज आलम, जसपाका केन्द्रिय सदस्य जनार्दन प्रसाद यादव, नेपाली कांग्रेसका नेता श्याम पोखरेल, प्रकाश उपाध्याय, जसपा मधेश प्रदेशकी बरिष्ठ उपाध्यक्ष पिंकी देवी यादव, नेतृ अन्नपुर्ण मानन्धर, जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादव, सचिव तबरेज अहमद, जसपाका नेता मुकेश द्विवेदी लगायतको उपस्थिती रहेको थियो ।
हाल स्वास्थ्य सेवाका कर्मचारीको व्यवस्थापन र सेवा सञ्चालन स्वास्थ्य सेवा ऐन २०५३ अनुसार भइरहेको छ । अहिले तीन तहको कर्मचारीसम्बन्धमा अन्र्तसम्बन्ध कायम गर्न जटिलता देखिएको छ । यसका अलावा स्वास्थ्य सेवामा रहने पद र वृत्तिविकासमा सम्बन्धमासमेत अन्यौल रहेकाले ऐनले त्यो विषय चिर्ने विश्वास लिइएको छ ।
चिसो मौसममा चायाको समस्या धेरैलाई हुने गर्दछ। यो एकप्रकारको फंगल इन्फेक्शन हो। काँइयो, तौलिया, रुमालको माध्यमबाट यो एक व्यक्तिबाट अर्कोमा सर्ने गर्दछ। यो समस्या बढ्दै गएको छ भने चिकित्सकको सल्लाह अनुसार औषधीको प्रयोग गर्नुपर्ने हुन्छ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्