आमाको मुख हेर्ने दिन हजारौं आमालाई एमालेको सम्मान

बृद्धा आमाको सहारा एमाले हो, अव वीरगञ्जको बिकास सरावगीले गर्छन

सम्वादाता | २०७९ बैशाख १७ गते १७: ०३ मा प्रकाशित

वीरगञ्ज १७ बैशाख– नेकपा एमाले वडा कमिटी ५ ले आज कुम्हाल टोल स्थित देब पार्टी प्यालेसमा वडाका हजारौँ महिलाहरुलाई सम्मान गरेर आमाको मुख हेर्ने दिनमा आमाहरुसंग एमाले संगै बसेर खुशीयाली साटासाट गरेको छ । सो अवसरमा आमाहरुलाई कार्यक्रमका अतिथीहरुले आमाहरुलाई सम्मान गर्नुको साथै उपहपार समेत प्रदान गरिएको थियो । कार्यक्रममा लोसपाका नेता तथा माननीय सांसद बिमल प्रसाद श्रीवातस्बले सबैको हित गर्ने काम एमाले र लोसपाको गठबन्धनले मात्र गर्ने भएको हुनाले मेयरमा बिजय सरावगी र उप मेयरमा पुरुषोत्तम लाल झा लगायतको सबै वडाहरुमा उनीहरुको टीममा रहेको उम्मेदवारलाई निर्बाचित गरेको खण्डमा मात्र बीरगंजको सबै प्रकारको बेथिती अन्त्य हुने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य निर्मला देबकोटाले बीरगंजलाई समृद्ध बनाउनको लागि एमालेको नेतेत्वमा नगरपालिका रहेको खण्डमा मात्र सम्भव हुने भएकोले सोही अनुसार गर्न आम नागरिकलाई आग्रह गर्नुभयो । कार्यक्रममा बीरगंज महानगरपालिकाको लागि एमालेको तर्फबाट उम्मेदवार बनेका बिजय कुमार सरावगीले बीरगंजलार्य सभ्यता र संस्कृति एवं बिकासको शहरको रुपमा बिकास गर्न आफुहरुलाई निर्बाचित गर्न आवश्यक रहेको धारणा राख्नुभएको थियो । कार्यक्रममा उप प्रमुख पुरुषोत्तम लाल झाले सबै प्रकारको समस्या समाधान गरि बीरगंलाई आधुनिक समाजको आवश्यकता अनुसारको प्रबिधि र सबै क्षेत्रको समान बिकासको लागि आफुहरुको गठबन्धनलाई निर्बाचित गर्न आवश्यक रहेको धारणा राख्नुभएको थियो । कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्षका उम्मेदवार प्रदिप चौरसिया, एमालेका नेता प्रदिप सिँह ठकुरी, केशव भण्डारी लगायतकाले आ—आफ्नो धारणा राख्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्