वीरगञ्ज, १७ वैशाख– कांग्रेस जसपा गठबन्धनका उम्मेदवारले वीरगन्ज महानगरपालिकाको चुनावमा आफ्नो पक्षलाई मतदान गर्न सोनार समाजलाई आग्रह गरेका छन् । शनिवार एक होटलमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा उपस्थित सोनार समाजले गठबन्धनका उम्मेदवारलाई जिताउने उद्घोष गरेका हुन् । नेपाल सुन चाँदी व्यवसायी संघ पर्साका अध्यक्ष भुलन सर्राफ तथा स्थानीय व्यवसायी रामरतन सर्राफको संयुक्त आयोजनामा भएको कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत प्रमुख अतिथि रहेका थिए । वीरगञ्ज महानगरपालिकाको मेयरका उम्मेदवार राजेशमान सिंहले निरन्तर जनताको माझमा भिजेको व्यक्तिले नै जनताको समस्यालाई बुझ्न सक्ने बताए । उनले भने, ‘वीरगञ्जको विकास र कायापलटका लागि यहाँका समस्याहरुसँग नजिकबाट परिचित व्यक्ति नै नेतृत्वमा पुग्नुपर्छ । यो निर्वाचनमा सबैले सोचेर मत दिनुहुनेछ भन्ने विश्वास छ ।’ त्यसैगरी उपमेयरका उम्मेदवार इम्तियाज आलमले विगतमा गरिएको गल्तीलाई अब सच्याउने बेला आएको बताए । कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ का निवर्तमान वडाअध्यक्ष बैजु स्वर्णकारले स्वागत मन्तव्य व्यक्त गरेका थिए । गठबन्धनबाट मेयरका साझा उम्मेदवार राजेशमान सिंह र उपमेयरका इम्तियाज आलमलाई जिताउनका लागि गतिविधि बढाउने पनि सोनार समाजले बताएका छन् । कार्यक्रममा व्यसायी प्रमोद सर्राफ, वडा नम्बर ३ का निवर्तमान अध्यक्ष बैजु स्वर्णकार, वीरगञ्ज महानगरपालिकाका निवर्तमान कार्यपालिका सदस्य एवम् वडा नम्बर १० मा जसपाबाट वडा अध्यक्ष पदका उम्मेदवार सुशील कुमार कानु, वडा नम्बर १५ मा जसपाबाट वडा अध्यक्ष पदका उम्मेदवार रमेश यादव, जसपाका नेता मुकेश द्विवेदीलगायतको उपस्थिति रहेको थियो ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्