वीरगञ्ज १७ बैशाख – नेकपा एमाले वीरगञ्न महानगरपालिका वडा नं. १ बाट चुनावी घरदैलो अभियानलाई तिव्रता दिएको छ । नेकपा एमालेका उम्मेदवारहरुलाई जिताउन घरदैलो अभियानलाई तिव्रता दिएको हो । नगरप्रमुखका उम्मेदवार विजय कुमार सरावगी एवं उपप्रमुखका उम्मेदवार पुरुषोत्तम लाल झासहित वडाका पाँचै जना एमालेका उम्मेद्वार घरदैलोमा सहभागी छन् । ‘आयो सूर्य आयो’ भन्दै विभिन्न नारासहित स्थानीय जनताले यसपाली मेयरसहित सबै पदमा सूर्य ध्वजावाहक उम्मेद्वारहरुलाई जिताउने बचनबद्धता प्रकट गरेका छन् । घरदैलो कार्यक्रममा एमालेका उम्मेद्वार एवम् लोसपा उपप्रमुखका उम्मेदवार र वडा सदस्यका उम्मेद्वारहरुलाई स्थानीयबासीले जितको शुभकामना व्यक्त गरेका छन् । घरदैलो अभियान वडा नं. १ को टोल टोलमा पुगेको छ भने जहाँ जाँदा पनि जनताको अपार समर्थन मिलेको सरावगीले जानकारी दिनु भयो । भोट माग्दै उम्मेद्वारसहितको टोली छपकैयाका विभिन्न टोलमा पुगेको थियो । छपकैया बासिले यसपाली नेकपा एमालेका विकासप्रेमी एवम् सूर्य ध्वजावाहक उम्मेद्वारहरुलाई भोट दिने बताएका छन् । यसैगरी आज नेकपा एमाले वडा नम्बर १ छपकैया कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी अगुवा राजनीतिक कार्यकर्ताहरु एमालेमा प्रबेश गरेका छन ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्