वीरगन्ज– पर्साको कालिकामाई गाउँपालिकामा एमालेका अध्यक्ष र उपाध्यक्ष उम्मेदवारले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । गाउँपालिका अध्यक्ष पदका उम्मेदवार राजेश कुमार चौरसिया र उपाध्यक्ष पदका उम्मेदवार अन्शु तिवारीको घरदैलो अभियानमा व्यापक जनसमर्थन देखिएको छ । अध्यक्ष, उपाध्यक्ष र वडा सदस्यको सहभागितामा शुक्रबार कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारीमा घरदैलो कार्यक्रम गरिएको थियो । शिक्षाका लागि, विकासका लागि, समृद्धिका लागि, बालबालिकाका लागि, ज्येष्ठ नागरिक, युवा, महिलाका लागि तथा समग्र विकासका लागि एमालेका उम्मेदवारलाई मतदान गर्न उम्मेदवारले आह्वान गरेका थिए । उम्मेदवारहरुको भिडमा सक्षम, शिक्षित तथा सत्यनिष्ट व्यक्तिलाई चयन गर्न मतदातालाई आग्रह गरेका थिए ।
हाल स्वास्थ्य सेवाका कर्मचारीको व्यवस्थापन र सेवा सञ्चालन स्वास्थ्य सेवा ऐन २०५३ अनुसार भइरहेको छ । अहिले तीन तहको कर्मचारीसम्बन्धमा अन्र्तसम्बन्ध कायम गर्न जटिलता देखिएको छ । यसका अलावा स्वास्थ्य सेवामा रहने पद र वृत्तिविकासमा सम्बन्धमासमेत अन्यौल रहेकाले ऐनले त्यो विषय चिर्ने विश्वास लिइएको छ ।
चिसो मौसममा चायाको समस्या धेरैलाई हुने गर्दछ। यो एकप्रकारको फंगल इन्फेक्शन हो। काँइयो, तौलिया, रुमालको माध्यमबाट यो एक व्यक्तिबाट अर्कोमा सर्ने गर्दछ। यो समस्या बढ्दै गएको छ भने चिकित्सकको सल्लाह अनुसार औषधीको प्रयोग गर्नुपर्ने हुन्छ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्