पटेर्वासुगौली गापामा नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान

सबै बालबालिकालाई विद्यालय पठाऔँ, शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौं, मुल नारा

सम्वादाता | २०७९ बैशाख १६ गते १६: ०० मा प्रकाशित

महुवन – पर्साको पटेर्वा सुगौली गाउँ पालिका कार्यालयको सहयोगमा र गादीमाई आधारभुत विद्यालयको आयोजनामा शैक्षिकसत्र २०७९ भर्ना अभियान कार्यक्रम सुरु भएको छ । सबै बालबालिकालाई विद्यालय पठाऔँ, शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौं, मुल नाराका साथ आज विभिन्न नारा लेखिएको पलेकार्ड लिएर स्कुलका बालबालिका, शिक्षक ,शिक्षिका, विधालय ब्यवस्थापन समिति लगाएको उपस्थितिमा शुक्रबार भर्ना अभियान सुरु भएको हो ।

बालबालिकालाई शिक्षा बाट बन्चित नगरौ, सबै बालबालिकालाई विद्यालय पठाऔँ,नेपाललाई शिक्षित बनाऔं, सबै बालबालिकालाई विद्यालय पुर्याउँ, लगाएको नारा सहित गरिएको कार्यक्रम को समुदघाटन पटेर्वा सुगौली गाउँ पालिका को प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव र स्वास्थ शाखा प्रमुख भुजेन्द्र प्रसाद यादव लगाएले सन्जुक्त रुपमा ब्यानर पढेर कार्यक्रम उदघाटन गर्नु भएको थियो । पर्सा जिल्लाको सामुदायिक र सरकारी विद्यालयहरु विद्यालयको पहुँच बाट कोही कसै बालबालिका नछुटौ भनी गाउँ पालिकाको प्रमुख प्राथमिकता रहेकोले सबै बालबालिकाहरु निरन्तर विद्यालय पठाउन अभिभावकहरुलाइ आग्रह गरेको र गाउँ पालिकाको प्रमुख प्राथमिकता शिक्षा नै रहेको र विद्यालय बाट प्रवाह हुने सबै किसिमको सेवा निशुल्क प्रदान गरिने सबै शिशिकहरुलाई आग्रह गरेको प्रशासकीय अधिकृत सन्देश कुमार यादवले बताएको छन् । शिक्षा शाखा प्रमुख शम्भु साहको अनुसार पटेर्वा सुगौली गाउँ पालिकाको २४ विद्यालयमा भर्ना अभियानमा सबै शिक्षक कर्मचारी प्ररिचालन भएको र पालिकाको कुनैपनी टोलका बालबालिका शिक्षा बाट बन्चित हुन नदिईन पालिका अगाडि बढेको साहले बताएको । गादीमाई आधारभुत विद्यालयका शिक्षक चन्द्रकली देवी, कन्चन कुमारी,प्रमोद यादव, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निलम देवीको अध्यक्षता कार्यक्रम सम्पन भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्