बीरगंज महानगरको बागडोर सरावगीलाई दिनु पर्ने युवाको मत

स्थानीय तहको निर्वाचन नजिकिदै जांदा युवाहरु एमालेको पक्षमा धु्रवीकृत हुदै गएका छन

सम्वादाता | २०७९ बैशाख १४ गते १८: ३३ मा प्रकाशित

वीरगञ्ज–स्थानीय तहको निर्वाचन नजिकिदै जांदा युवाहरु एमालेको पक्षमा धु्रवीकृत हुदै गएका छन । राजनीतिमा खासै चासो नराख्ने यो पुस्तालाई यस पटकको निर्वाचनले तरंगीत बनाएको छ । राजनीतिसंग मतलव छैन भन्ने यो पुस्ता अहिले राजनीतिलाई दिशा दिन क्रियाशिल हुनु पर्ने निष्कर्षमा पुगेको छ । राजनीति सेवा हो, गुण्डागर्दीलाई संरक्षण गर्न राजनीतिको साहरा लिने प्रवृति समाजको लागि खतरा हुने कुरा यो पुस्ताले बुझेको छ । बीरगंज महानगरपालिका वडा नं २२ का पवन यादवको बुझाई यस्तै छ । स्नातक अध्ययनरत यादव बीरगंज महानगरको बागडोर बिजय कुमार सरावगीलाई दिनु पर्ने बताउनुहुन्छ । हिजो बीरगंजको मेयर भएका बिजय सरावगीलाई उहाँकै पार्टीका नेताहरुले हात बाँधेर काम गर्न दिएनन यादवले भन्नु भयो ँपार्टीको असहयोग र कोरोनको कहरका कारण बिजय सरावगीको काम गर्ने क्षमता पुरा रुपमा महानगरले उपयोग गर्न पाएन त्यसैले यो पटक उहाँलाई अवसर दिनु पर्छ” । वीरगञ्ज–स्थानीय तहको निर्वाचन नजिकिदै जांदा युवाहरु एमालेको पक्षमा धु्रवीकृत हुदै गएका छन । राजनीतिमा खासै चासो नराख्ने यो पुस्तालाई यस पटकको निर्वाचनले तरंगीत बनाएको छ । राजनीतिसंग मतलव छैन भन्ने यो पुस्ता अहिले राजनीतिलाई दिशा दिन क्रियाशिल हुनु पर्ने निष्कर्षमा पुगेको छ । राजनीति सेवा हो, गुण्डागर्दीलाई संरक्षण गर्न राजनीतिको साहरा लिने प्रवृति समाजको लागि खतरा हुने कुरा यो पुस्ताले बुझेको छ । बीरगंज महानगरपालिका वडा नं २२ का पवन यादवको बुझाई यस्तै छ । स्नातक अध्ययनरत यादव बीरगंज महानगरको बागडोर बिजय कुमार सरावगीलाई दिनु पर्ने बताउनुहुन्छ । हिजो बीरगंजको मेयर भएका बिजय सरावगीलाई उहाँकै पार्टीका नेताहरुले हात बाँधेर काम गर्न दिएनन यादवले भन्नु भयो ँपार्टीको असहयोग र कोरोनको कहरका कारण बिजय सरावगीको काम गर्ने क्षमता पुरा रुपमा महानगरले उपयोग गर्न पाएन त्यसैले यो पटक उहाँलाई अवसर दिनु पर्छ” ।  बीरगंज महानगर भित्रका सबै बिजुलीका पोलमा बत्ती जडान भएको छ । उज्याले बीरगंज अभियान सार्थक भएको छ । महानगरभित्र कालो पत्रे सडक बनेको छ । बिद्यालयका पूर्वाधार बिकास भएका छन । नाला र ढल बनेका छन सफाईको काममा प्रगती छ काम भएको छैन भन्ने कुरामा सत्यता नभएको उहाँको दावी छ । बीरगंज महानगरपालिकाको बिकासमा हिजोको जसपा पार्टीको भूमिका काहा के थियो, महानगरपालिकाको बिकासमा त्यो पार्टीले के योजना बनायो मेयरलाई काहा सहयोग गर्यो जसपाले बताउन सक्ने कुनै आधार छैन तर अव एमालेले पार्टीगत रुपमा सहयोग गर्ने वतावरण बन्ने भएकोले पनि बिजय सरावगीको पक्षमा युवाहरुको धु्रवीकरण बढेको यादवको भनाई छ । बीरगंज महानगरपालिका वडा नं १५ का २१ वर्षिय करण पटेल पहिलो पटक आफनो मतको प्रयोग गर्दैहुनुहुन्छ । त्यसकारण पनि आफू उत्साहित भएको उहाँको भनाई छ ।  ०७४ मा नागरिकता बन्यो यसपाली भोट हाल्न पाउने अवसर पाउदा मलाई खुशी लागेको छ उहाँले भन्नु भयो । प्लस टु गरेर नीजि क्षेत्रमा सेवामा प्रवेश गर्नुृ भएका पटेलले आफनो मत सूर्य चिन्हमा हाल्ने बताउनु भयो । मलाई एमाले मन पर्छ पटेलले भन्नु भयो ँकेही गर्छ भन्ने आश नै एमालेसंग अरुले केही गर्दैनन ” । बीरगंज महानगरपालिका वडा नं १२ का गोविन्द चौधरीको धारणा पनि पटेलकै जस्तो छ । स्नताक गरेर जागीरमा संलग्न चौधरीले सरावगीको सादगी र उहाँ सम्म सबैको सहज पहुच हुनु नै लोभलाग्दो पछ रहेको बताउनु भयो । कोरोनाकालमा आफना नागरिकको रक्षाकोलागि उहाँले गरेको परिश्रमको त म कायल नै छु चौधरीले भन्नु भयो ँजनताको सेवामा सर्मित नेता भनेको त बिजय सरावगी नै हो भन्ने कुरा कोभिड कहरका दुई लहरमा देखियो ” । बीरगंज महानगरपालिका वडा नं १३ का २२ वर्षिय नरेन्द्र पटेलले एमालेले बीरगंज महानगरमा अवसर नपाएकोले यस पटक आफनो मत एमालेलाई जाने बताउनु भयो । सरवागीले राम्रो संग काम गर्न नपाउनु भएको पटेलको बुझाई छ । कामकाजी कार्यकर्तापंक्ति भएको पार्टी र क्रियाशिल नेताको कम्बिनेशन बनेकोले पनि सरावगीलाई महानगरवासीका युवाले साथ दिनु पर्छ भन्ने मेरो सुझाव छ । रोजगारीको सृजना होला, समृद्ध महानगर र मधेशको एक मात्र महानगरको रुपमा बीरगंजलाई राम्रो बनाउन एमालेले पनि अवसर पाउनु पर्छ भन्ने पटेलको धारणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्