वीरगञ्ज – वीरगञ्जका युवा विद्याथीहरु नेकपा एमालेमा प्रवेश गरेका छन । समाजवादी विद्यार्थी युनियनका विद्यार्थी नेता वडा २२ मनियारीका पवन यादवको नेतृत्वमा आज २० जना युवाहरुको समूह नेकपा एमालेमा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई नेकपा एमालेका वीरगञ्ज महानगरपालिकाको प्रमुखका उम्मेदवार बिजय कुमार सरावगी लगायतले पार्टीमा स्वागत गरेका हुन । उनीहरुलाई स्वागत गर्दै नेता सरावगीले एमालेको महत्वलाई बुझेर युवाहरुले पार्टी प्रवेश गरेकोमा खुशी व्यक्त गर्नुभयो । साथै सरावगीले निवार्चनमा निर्धक्क भई भयरहित वातातरणमा सम्पुर्ण मतदातालाई मत हाल्ने वातारणको श्रृजना गरि आफ्नो जिम्मेवारी निर्वाह गर्न पनि नव प्रवेशी युवाहरुलाई आग्रह गर्नुभयो । एमालेको सरकारले मात्रै वीरगञ्जको विकासका लागि युवाहरु परिचालन गरि युवा मैत्री समाज निमार्ण गर्ने भन्दै सम्पुर्ण युवाहरुलाई एमालेमा विश्वास गर्न आग्रह गर्नुभयो । उहाँले एमालेलाई बलियो बनाउँदै विजय गराउन आवश्यक रहेकोमा जोड दिंदै वीरगञ्जको समग्र विकासका लागि युवाहरुलाई एक जुट हुन आग्रह गर्नुभयो । उहाँले राजनीतिको खोल ओडेर बाउन्सरिङ गर्ने गुण्डागर्दी गर्दै हिँड्नेहरुलाई युवाहले तह लाउने बेला आएको बताउँनु भयो ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्