विन्दवासिनी गापामा मधुृसुधन चौरसियाको जनलहर बढ्दो

पार्टी प्रतिको बढ्दो जनलहरले जनताहरु आफै जोडिन थालेका छन्

सम्वादाता | २०७९ बैशाख १३ गते ११: ०० मा प्रकाशित

वीरगन्ज– विन्दवासिनी गाउँपालिकामा नेपाल सुशासन पार्टीबाट अध्यक्षका उम्मेदवार मधुसुधन चौरसियाप्रति जनलहर बढ्दो छ । दलबल सहित चौरसियाले सोमबार अध्यक्ष पदमा उम्मेदवारी समेत दर्ता गराएका छन् । पार्टी प्रतिको बढ्दो जनलहरले जनताहरु आफै जोडिन थालेका छन् । मनोनयन दर्ता गर्न जाने क्रममा जनताको सहभागिताले गाउँपालिकाका अन्य उम्मेदवार आश्चर्यचकित बनेका छन् । उम्मेदवारी दर्तामा जनताले देखाएको सहभागिताले हामीलाई थप उर्जा मिलेको छ, विन्दवासिनी गाउँपालिकाका अध्यक्षका उम्मेदवार चौरसिया भन्छन्, यसको नतिजा प्रत्यक्ष रुपमा देखिने छ ।

 

प्रतिक्रिया दिनुहोस्