वीरगन्जको मेयरमा १८ जनाको दाबी

बाजागाजाका सहित उम्मेदवारहरु मूख्य निर्वाचन कार्यालयमा पुगी उम्मेदवारी दर्ता

सम्वादाता | २०७९ बैशाख १२ गते १९: ४५ मा प्रकाशित

वीरगन्ज– आसन्न स्थानीय तह निर्वाचनका लागि सोमबार दलहरुले शक्ति प्रदर्शन गर्दै उम्मेदवारहरुको उम्मेदवारी दर्ता गराएका छन् । बाजागाजाका सहित उम्मेदवारहरु मूख्य निर्वाचन कार्यालयमा पुगी उम्मेदवारी दर्ता गराएका हुन । वीरगन्ज महानगरपालिकाको मेयरका लागि १३ स्वतन्त्र सहित १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । वीरगन्ज– आसन्न स्थानीय तह निर्वाचनका लागि सोमबार दलहरुले शक्ति प्रदर्शन गर्दै उम्मेदवारहरुको उम्मेदवारी दर्ता गराएका छन् । बाजागाजाका सहित उम्मेदवारहरु मूख्य निर्वाचन कार्यालयमा पुगी उम्मेदवारी दर्ता गराएका हुन । वीरगन्ज महानगरपालिकाको मेयरका लागि १३ स्वतन्त्र सहित १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।  ५ दलीय गठबन्धनबाट मेयरमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह र उपमेयरमा कांग्रेसका युवा नेता इम्तियाज आलमले उम्मेदवारी दर्ता गराएका छन् । वीरगन्ज महानगरमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले गठबन्धन गरेका छन् । एमालेबाट मेयरमा विजय सरावगी र लोसपाबाट उपमेयरमा पुरुषोत्तमलाल झाले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरि राप्रपाबाट मेयरमा पत्रकार तथा लेखक गिरीश गिरी र उपमेयरमा बीना देवीको उम्मेदवारी दर्ता भएको छ । जसपाको उम्मेदवारी दर्ताका लागि पार्टी अध्यक्ष उपेन्द्र यादव र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत समेत मूख्य निर्वाचन कार्यालयको मूख्य गेटसम्म पुगेका थिए ।  नेपाल सद्धभावना पार्टीबाट विजय कुमार रौनियार, नेपाल मजदुर किसान पार्टीबाट गोकर्णप्रसाद कोइरीको पनि उम्मेदवारी दर्ता भएको छ । यसैगरि मेयरका लागि स्वतन्त्रबाट प्रभात सिंह, जमिल राय भाठ, रिजवान अली, राजेन्द्र प्रसाद सिंह, महमद सगिर अली, फिरोज आलम, महमद रियाज उल हक, सन्जिव कुमार यादव, विक्की राज पटेल, कैलाशप्रसाद सर्राफ, राधेश्याम साह र राजेश सिंहले पनि उम्मेदवारी दिएका छन् । उपमेयरमा लोसपा कि महिला नेतृ रम्भा सिंहले बागी उम्मेदवारी दिएकी छन् । एमाले र लोसपाको गठबन्धन भएपछि महिलाले स्थान नपाएको भन्दै सिंहले स्वतन्त्रबाट उपमेयरमा उम्मेदवारी दिएकी हुन् । ५ दलीय गठबन्धनको मेयर र उपमेयरमा गठबन्धन भएपनि वडाहरुमा तालमेल हुन सकेन् । महानगरका ३२ वटै वडामा कांग्रेस र जसपाले वडाअध्यक्षको उम्मेदवारी दिएका छन् । केही वडामा नेकपा एस र माओवादीले समेत उम्मेदवारी दर्ता गराएका छन् ।    पर्साको बहुदरमाई नगरपालिकाको मेयरमा एमालेबाट शिव पटेल र उपमेयरमा सुश्मा कुशवाहाले उम्मेदवारी दिएका छन् । कांग्रेसबाट मेयरमा नितेन्द्र साह र उपमेयरमा सोनामति यादवले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरि जसपाबाट मेयरमा सिंहासन साह कलवार र उपमेयरमा शान्ति देवी कुशवाहाले उम्मेदवारी दिएका छन् । पोखरिया नगरपालिकाको मेयरमा कांग्रेसबाट दिपनारायण रौनीयार र उपमेयरमा रहाना खातुनले उम्मेदवारी दिएका छन् । एमालेबाट मेयरमा प्रदुम्न चौहान र उपमेयरमा रुबी ठाकुरले उम्मेदवारी दिएका छन् । जसपाबाट मेयरमा राजु साह र उपमेयरमा रेणु देवी साहले उम्मेदवारी दिएका छन् । पर्सागढी नगरपालिकाको मेयरमा कांग्रेसबा लोकनारायण यादव र उपमेयरमा अर्चना चौधरीले उम्मेदवारी दिएका छन् । एमालेबाट गोकर्ण पाठक र उपमेयरमा पूजा चौधरीले उम्मेदवारी दिएका छन् । विन्दवासिनी गाउँपालिकाको अध्यक्षमा कांंग्रेसबाट विवेक चौरसिया र उपमेयरमा किरण देवी गुप्ताले उम्मेदवारी दिएका छन् । पटेर्वासुगौली गाउँपालिकामा एमालेबाट मेयरमा हरिनारायण चौधरी र उपाध्यक्षमा मन्तुरा देवीले उम्मेदवारी दिएका छन् । मेयरमा कांग्रेसबाट दिनेश कुमार चौधरी र उपमेयरमा ममता महतोले उम्मेदवारी दिएका छन् । जसपाबाट मेयरमा दिपक यादव र उपमेयरमा अगमोहनी कुमारीले उम्मेदवारी दिएका छन् । जगरनाथपुर गाउँपालिकामा कांग्रेसबाट युवा नेता श्रीकान्त यादवले मेयरमा उम्मेदवारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्