वडामा पराजित एमालेका लामा जसपामा प्रवेश

वडा नं. ४ मा पराजित एमालेका सुदिप लामा आइतबार जनता समाजवदी पार्टीमा प्रवेश गरेका छन्

सम्वादाता | २०७९ बैशाख ११ गते १८: ५२ मा प्रकाशित

वीरगन्ज– २०७४ सालको स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिका वडा नं. ४ मा पराजित एमालेका सुदिप लामा आइतबार जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । दुई दिन अगाडिमात्र महानगरपालिकाका पूर्व योजना प्रमुख तथा वीरगन्जका चर्चित व्यक्तित्व सुमन श्रेष्ठ एमालेमा प्रवेश गरेपछि उनैले वडा ४ को टिकट पाउने चर्चा चलेको थियो । दुई/दुई पार्टी प्रतिनिधीको रुपमा गएका वीरगन्ज नगरपालिका पठाएका लामा पछिल्लो पटक निर्वाचनमा एमालेको टिकटबाट वडाध्यक्षमा ठूलो मतान्तरले पराजित भएका थिए । वीरगन्ज– २०७४ सालको स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिका वडा नं. ४ मा पराजित एमालेका सुदिप लामा आइतबार जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । दुई दिन अगाडिमात्र महानगरपालिकाका पूर्व योजना प्रमुख तथा वीरगन्जका चर्चित व्यक्तित्व सुमन श्रेष्ठ एमालेमा प्रवेश गरेपछि उनैले वडा ४ को टिकट पाउने चर्चा चलेको थियो । दुई/दुई पार्टी प्रतिनिधीको रुपमा गएका वीरगन्ज नगरपालिका पठाएका लामा पछिल्लो पटक निर्वाचनमा एमालेको टिकटबाट वडाध्यक्षमा ठूलो मतान्तरले पराजित भएका थिए ।  पटक पटक मौका पाउँदा पनि जनताको मन जित्न असफल भएका लामालाई एमालले यसपटकको चुनावमा टिकट नदिने निर्णय गरेको थियो । टिकन नपाउने भएपछि लामा मनोनयन दर्ताको एकदिन अगाडि जसपा प्रवेश गरेका हुन् । उनको पार्टी परिवर्तनले पार्टीको जनमतमा खासै फरक नपर्ने एमाले नेता तथा कार्यकर्ताको टिप्पणी छ । लामालाई आइतकार पर्सा क्षेत्र नं. एकका सांसद प्रदीप यादव र जसपाबाट वीरगन्ज महानगरपालिकाका मेयर उम्मेदवार राजेशमान सिंहले फुलमाला लगाएर पार्टी प्रवेश गराएका थिए ।  

प्रतिक्रिया दिनुहोस्