धोबिनी गापामा पत्रकार आरके पटेलले दिए स्वतन्त्र उम्मेदवारी

धोबिनी गापाको उपाध्यक्षमा उनको उम्मेदवारीले तरंगल्याएको छ ।

सम्वादाता | २०७९ बैशाख ११ गते १८: ३३ मा प्रकाशित

वीरगन्ज– विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय रहेका पत्रकार राजा प्रसाद कुर्मी (आर के पटेल) ले धोबिनी गाउँपालिकाको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । अगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि आइबार र सोमबार उम्मेदवारको मनोनयन दर्ता गर्ने मिति निर्धारण गरिएको छ । धोबिनीमा अन्य दलले आइतबार मनोनयन दर्ता गराएका छैनन् । युवा पत्रकार पटेलले जुझारु तथा इमानदारी पत्रकारका रुपमा जिल्लामा परिचय बनाएका छन् । धोबिनी गापाको उपाध्यक्षमा उनको उम्मेदवारीले तरंग ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्