वीरगञ्ज ११ बैशाख – पर्सामा एमालेको जनलहर बढ्न थालेको छ । एमालेका मेयरमा उम्मेदवार बिजय कुमार सरावगीलाई बहुमतले जिताउँन धामाधम एमाले प्रबेश लहर लागेको छ । वीरगञ्जमा यतिबेला चुनावी अभियान सशक्त बन्दै गएको छ । सरावगी चुनावी अभियानमा सक्रियतापूर्वक जुटेका छन । सरावगीले चुनावी अभियान सञ्चालन गरेसंगै जसपा र माओवादी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गर्नेको जनलहर चलेको छ । आज वीरगञ्ज महानगरपालिका स्थित वडा नम्बर १७ उदयपुर घुर्मीका जसपा दलित नेता रामशिस र सुकइ मियाँसहित सयौंको सख्यामा अगुवा राजनीतिक कार्यकर्ताहरु एमालेमा प्रबेश गरेका छन । यसैगरि वीरगञ्ज ३१ को बेल्वामा नेकपा एमाले वडा कमिटिले आयोजना गरेको अगुवा कार्यकता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । बैशाख ३० गतेको निर्वाचनलाई लक्षित गर्दै आयोजन गरिएको कार्यक्रममा २ सय जनाभन्दा बढी एमाले प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई एमालेका नेतहरु बिचारी यादब, बसुरुद्दिन अन्सारी, वीरगञ्ज महानगरपालिकाको प्रमुखका उम्मेदवार बिजय कुमार सरावगी लगायतले पार्टीमा स्वागत गरेका हुन । उनीहरुलाई स्वागत गर्दै नेता सरावगीले वीरगञ्जको विकास एमाले बहेकको पार्टीले गर्ने नसक्ने दावी गरे । आउँदो निर्बाचन वीरगञ्जलाई बिकास गर्ने कि बिनास गर्ने भन्ने बीचको युद्ध भएकोले कुनै अर्थमा बिकास र परिवर्तनको पक्षपाती एमालेको उम्मेदवारलाई जिताउनु पर्ने धारणा राख्नुभएको थियो ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्