वीरगन्ज–जनता समाजवादी पार्टी नेपालबाट वीरगञ्ज महानगरपालिकाको लागि मेयर पदका उम्मेदवार राजेशमान सिंहले विकास विरोधीहरुलाई जनताले चिन्न आवश्यक रहेको बताएका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ को इनर्वा गाउँमा आयोजित रात्रीसभालाई सम्बोधन गर्दै नेता सिंहले पाँच वर्षसम्म महानगरको मेयर बनेरपनि विकास नगर्ने विकास विरोधीहरुलाई जनताले चिन्न आवश्यक रहेको बताएका हुन् । सिंहले वीरगञ्जको विकासका लागि महानगरसँग पर्याप्त स्रोत, साधन र अर्थ हुँदाहुँदै पनि निर्वाचित मेयरले आफ्नो व्यक्तिगत स्वार्थ र कमिसनको चक्करमा एउटा ठूलो अवसर गुमाएको बताए । भ्रष्टचारी मार्फत पैसा कमाउने चक्करमा मेयरले आएको विकास बजेट पनि फ्रिज गरेर पठाएको र महानगरका हरेक शाखालाई कमिसनको आखाडा बनाएको सिंहको भनाई थियो । त्यसैगरी कार्यक्रममा बोल्दै सङ्घीय सांसद् प्रदीप यादवले अघिल्लो पटक विजय सरावगी जस्ता व्यक्तिलाई आफूहरुले मेयरमा निर्वाचित गराएर ठूलो भूलो गरेको बताए । यादवले आफूहरुबाट भएको भूलोलाई सच्याउन जसपाले यस पटक विकास प्रेमी र जनताले मन पराउने राजेशमान सिंहलाई मेयरको उम्मेदवारका रुपमा अगाडि सारेको बताए । वडा नम्बर १६ का वडा अध्यक्ष उम्मेदवार परसुराम चौरसियाको सभापतित्वमा भएको कार्यक्रममा जसपाका नेता प्रेमबाबु पटेल, मुकेश द्विवेदी लगायतले आफ्नो मन्तव्य राखेका थिए ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्