आफ्ना उम्मेदवारलाई जिताउन एमाले महानगर कमिटिको संकल्प प्रस्ताव पारित

कमिटीले मेयर सहित ३२ वटै वडाका उम्मेदवारलाई विजय बनाउन संकल्प प्रस्ताव पारित गरेको छ

सम्वादाता | २०७९ बैशाख १० गते २०: ०९ मा प्रकाशित

वीरगन्ज– नेकपा एमाले बीरगन्ज महानगर कमिटीले मेयर सहित ३२ वटै वडाका उम्मेदवारलाई विजय बनाउन संकल्प प्रस्ताव पारित गरेको छ । शनिवार सम्पन्न महानगर कमिटी बैठकले अध्यक्ष राजेन्द्र यादवको संयोजकत्वमा निर्वाचन जनपरिचालन व्यवस्थापन समिति, महेश दासको संयोजकत्वमा प्रचार प्रसार समिति, वावुराम खनालको संयोजकत्वमा वुथ व्यवस्थापन समिति, मुना दहालको संयोजकत्वमा महिला परिचालन समिति र विनोद गिरीको संयोजकत्व निर्वाचन अनुगमन समिति गठन गरेको सचिव सुन्दर कुर्मीले जानकारी दिनु भएको छ । वीरगन्ज– नेकपा एमाले बीरगन्ज महानगर कमिटीले मेयर सहित ३२ वटै वडाका उम्मेदवारलाई विजय बनाउन संकल्प प्रस्ताव पारित गरेको छ । शनिवार सम्पन्न महानगर कमिटी बैठकले अध्यक्ष राजेन्द्र यादवको संयोजकत्वमा निर्वाचन जनपरिचालन व्यवस्थापन समिति, महेश दासको संयोजकत्वमा प्रचार प्रसार समिति, वावुराम खनालको संयोजकत्वमा वुथ व्यवस्थापन समिति, मुना दहालको संयोजकत्वमा महिला परिचालन समिति र विनोद गिरीको संयोजकत्व निर्वाचन अनुगमन समिति गठन गरेको सचिव सुन्दर कुर्मीले जानकारी दिनु भएको छ ।  वीरगन्ज महानगर को पदाधिकारी एवम् सदस्य तथा ३२ वटै वडाको अध्यक्षहरु बैठकमा सहभागी थिए । बैठक मा केन्द्रीय सल्लाहकार परिषद् को सदस्यमा मनोनीत हुनु भएका कदम रसुललाई सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्