१० वैशाख, वीरगञ्ज । नेपाली कांग्रेसबाट वीरगञ्ज महानगरपालिकाको उपमेयरका लागि १३ जनाको नाम सिफारिस भएको छ । वीरगञ्ज महानगर कमिटीले आकांक्षी १३ जनाकै नाम केन्द्रमा सिफारिस गरेको हो । केन्द्रबाट गठबन्धन गर्दा वीरगञ्ज महानगरपालिकामा कांग्रेसले उप मेयर पाएको छ । गठबन्धनबाट उपमेयरको उम्मेदवार बन्न पाउँदा जित्ने सम्भावना बढी हुने भएपछि आकांक्षी बढी देखिएका हुन् । उपमेयरका लागि हालकी उपमेयर शान्ति कार्की, जिल्ला सचिव इम्तियाज आलम, नेतृ डाक्टर सुस्मा तिवारी, नेताहरू नरेन्द्र साह, प्रकाश उपाध्याय, विजय सर्राफ, क्षेत्रीय सभापति महम्मद साहवुदिन, कार्यपालिका सदस्य अरविन्द गुप्ता, महानगरका पूर्सवभापति भोला कलवार, नेता राजु गुप्ता, नेतृहरु किरण सरकार, रुपा श्रेष्ठ, विद्या श्रेष्ठको नाम सिफारिस भएको नेपाली कांग्रेस महानगरपालिका समिति स्रोतले जनाएको छ । मेयरका आकांक्षीहरु पनि उपमेयरमा दाबेदारी दिन आएपछि आकांक्षीको संख्या बढी देखिएको हो । नेताहरू नरेन्द्र साह, प्रकाश उपाध्याय, विजय सर्राफ मेयरका आकांक्षी थिए । मेयर जसपाको भागमा परेपछि उनीहरुले उप मेयरमा दाबेदारी दिएका हुन् ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्