९ वैशाख, सर्लाही । वडाध्यक्षबाट राजीनामा दिएर वडाको सबै सरसमान बरबुझारथ गरेका मण्डलले ल्याएको भर्पाईमा सही गर्न नमानेका कारण आफूलाई कुटेको पण्डिले बताए । सर्लाही बलरा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष अवधेश मण्डलले आफ्नै वडाका सचिव रामेश्वर पण्डितलाई कुटेका छन् । ‘वडा कार्यालयमा भएका सबै सामान बरबुझारथ गरेको र आफूले जिम्मा लिएको कागज गरिदिएको थिएँ’, मण्डलले भने, ‘उनले फेरि अर्को कागज ल्याए, जुन कागजमा मैले सही गर्न मिल्ने थिएन, त्यसका सही गर्दिन भनेपछि मलाई कुर्सीले हाने ।’ वडाध्यक्षको कुटाइबाट घाइते भएका पण्डितलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेपछि थप उपचारका लागि सर्लाही अस्पतालमा लागिएको छ ।तर वडाध्यक्ष मण्डलले भने आफूले कसैलाई कुटपिट नगरेको बताए । वडा कार्यालयमा के भएको हो त्योे पनि आफूलाई थाहा नभएको उनले बताए । उनले वडाध्यक्षले सही गर्न लगाएको कागजपत्र नगरपालिकाले मात्र प्रमाणित गर्न मिल्ने खालको भएको पनि बताए ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्