वीरगञ्ज ९ बैशाख : नेकपा एमाले वीरगंज महानगर कमिटीले आज स्थानीय तह निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ । वीरगंज मुर्ली स्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको हो । वीरगंज महानगर निर्वाचन परिचालन समितीका संयोजक अरबिन्द सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेयर पदका उम्मेदवार बिजय सरावगीले निर्वाचित भएपछि प्रतिवद्धता पत्रमा उल्लेखित बुदाहरु क्रमश पुरा गर्दै जाने बताउनुभयो । कोरोना महामारी र आफु आवद्ध पुरानो दल जसपाका नेता कार्यकर्ताको असहयोगका कारण अघिल्लो चुनावमा गरिएका केहि प्रतिवद्धताहरु पुरा हुन नसेको दावी गर्नुभयो । उहाँले अब जितेपछि अधुरा काम संगै नयाँ योजनाको थालनी गरी बीरगंजको बिकाशमा जोड दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले बाँकी रहेका अधुरा योजना र काम पुरा गर्न फेरी मेयरमा उम्मेदवारी दिएको जानकारी दिए ।
यसैगरी प्रमुख अतिथी पर्सा ईन्र्चाज प्रभु हजराले घोषणा पत्रमा सार्वजनिक गरिएका योजनालाई पार्टीले ईमान्दारिका साथ पुरा गर्न लगाउने जानकारी दिनुभयो । घोषणापत्र मस्यौदाकार समितिका संयोजक समेत रहेका सिंहले प्रतिवद्धता पत्र मेयरको मात्र नभई सिंगो पार्टीको जिम्मेवारी भएको जानकारी दिए। उनले प्रतिवद्धता पत्र निर्माण गर्न समाजका हरेक वर्ग र समुदाय संग प्रत्यक्ष भेटगरी सुझाव संकल्न गरिएको । उनले प्रतिवद्धता पत्रमा सडक, नाला निर्माण, भौतिक पुर्वाधार बिकाश, फोहर व्यवस्थापन, शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रका बिकाश, महिला, बालबालिका, तेस्रो लिङ्गिको अधिकार लगायतको कुरा उल्लेख गरिएको जानकारी दिनुभयो । सिंहले छिटै प्रतिवद्धता पत्रलाई गठबन्धनमा आवद्ध लोसपा लगायतका अन्य दलसंग समन्व गरि मुर्त रुप दिने बताउनुभयो । घोषणा कार्यक्रममा जिल्ला अध्यक्ष जयप्रकाश थारु, संबिधान सभाका सदस्य बिचारी यादव, प्रदेश कमिटी सदस्य शम्भु गुप्ता, बसरुदिन अंसारी,मेघराज हजरा लगायतको उपस्थिती थियो । कार्यक्रमको सहजीकरण पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराले गर्नुभएको थियो ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्