वीरगञ्जमा राजेशमानलाई जिताउन जसपाका महिला नेतृहरुको घरदैलो

विभिन्न टोलहरुमा घरदैलो थालेको महिलाहरुको समूहले जनतासँगको भेटघाटलाई तिव्रता दिएको हो

सम्वादाता | २०७९ बैशाख ९ गते १३: ४९ मा प्रकाशित

वीरगञ्ज, ८ बैशाख । जनता समाजवादी पार्टीमा आवद्ध महिला नेतृहरुले निर्वाचन केन्द्रित गतिविधीलाई निरन्तरता दिएका छन् । वीरगञ्ज महानगरपालिकाका ३२ वटै वडा र विभिन्न टोलहरुमा घरदैलो थालेको महिलाहरुको समूहले जनतासँगको भेटघाटलाई तिव्रता दिएको हो ।
महिलाका समस्या तथा गुनासोहरु महिलाले नै बुझ्ने हुँदा महिलाहरुका समस्याहरु सुन्न घरदैलो अभियान थालिएको जसपाकी महिला नेतृ पिंकी यादव बताउँछिन् । जसपाले चुनावी गतिविधलाई बढावा दिएसँगै जसपानिकट विभिन्न जनवर्गिय संगठनहरु प्नि सक्रिय भएको महिला नेतृ अन्नपुर्ण मानन्धरको भनाई छ । जसपा निकट युवा संघ, विद्यार्थी संघ, दलित संघ लगायतका संगठनहरुले पनि गतिविधीलाई बढाएपछि महिला संघले पनि घरदैलो अभियान थालेको हो ।
यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जसपालाई नै जिताउन घरदैलोका क्रममा उनीहरुले आग्रह गरीरहेका छन । जसपाले नै मधेशी समुदायका महिलाहरुलाई अधिकारको प्रत्याभुती दिलाउने र महिलालाई आत्मनिर्भर बनाएर आयआर्जनका स्रोतको सृजना गर्ने उनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्