नगर प्रमुख सरावगीद्धारा उच्च नैतिकता प्रदर्शन पर्सामा राजिनामा दिने पहिलो जनप्रतिनिधिमा सरावगी
पदमा पुगेपछि कहिल्यै हट्दै नहटने नेपाली राजनीतिक चरित्रलाई प्रहार गर्दै बीरगंज महानगरपालिकाको प्रमुख बिजय कुमार सरागगीले आफुले प्रमुख पदबाट राजिनामा दिएका छन ।
बीरगंज ९ बैशाख : पदमा पुगेपछि कहिल्यै हट्दै नहटने नेपाली राजनीतिक चरित्रलाई प्रहार गर्दै बीरगंज महानगरपालिकाको प्रमुख बिजय कुमार सरागगीले आफुले प्रमुख पदबाट राजिनामा दिएका छन । बहालवाला महानगर प्रमुख सरावगीले आउंदो स्थानीय तहको निर्बाचनमा पुन प्रमुख पदको रुपमा उम्मेदवार बन्ने पक्का पक्की भएपछिे हिजै नगर उपप्रमुख समक्ष राजिनामा बुझाएका हुन ।
उम्मेदवारी दर्ता गर्नु भन्दा अगावै पदबाट राजीनाम दिनुपर्ने कानुनी प्रबाधानलाई टेक्दै उनले हिजो नगरपालिकामै पुगेर राजीनामा दिनु भएको हो । यसअघि उहाँले अस्तीमात्र आफुले प्रयोग गर्दै आउनु भएको गाडि र त्यसको साँचो समेत प्रमुख कार्यकारी अधिकृत निष्छल राज पाण्डेलाई बुझाउनु भएको थियो । पर्सामा १४ वटा स्थानीय तह छन त्यसमध्ये चुनावको संघारमा सरावगी राजिनामा दिने पहिलो जन प्रतिनिधीे बन्नुले एमालेका उम्मेदवार नैतिक र चरित्रवान हुन्छन र उनीहरुले बिकास र निर्माणको योजनालाई अघि बढाउन सक्छन र नगर बासीको हितमा कुनै कसर बाँकी नराख्ने गरि अघि बढ्छन भन्ने कुरा प्रमाणित भएको छ ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्