पर्सा ९ बैशाख : वीरगञ्जको बिकाश गर्न एमालेको नेतृत्व आवश्यक पर्ने भएकोले सुर्यमा मतदान गर्न महानगरप्रमुख बिजय कुमार सरावगीले आग्रह गरेका छन् । वीरगञ्ज महानगरपालिका ७ मा आयोजित पार्टी प्रवेश तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सरावगीले परिर्वतन गर्न सुर्यमा भोट दिने आग्रह गर्नु भयो । वीरगञ्जमा आफू निर्वाचित भएर आएपछि स्वास्थ्य, शिक्षा, सडक पूर्वाधार, सरसफाई जस्ता विकास कार्यलाई दु्रतगतिमा अगाडि बढाई वीरगञ्जवासीको जीवनलाई सहज, सुलभ बनाउने प्रयास गरेकै कारण अहिले केहि तत्वहरु आफूलाई हत्कडी लगाउने धम्की दिँदै हिँडेको बताउनुभयो । उहाँले राजनीतिमा छाडापन बढेको चर्चा गदै छद्मभेषीसंग सजग रहनु पर्नेमा जोड दिनु भयो । उहाँले राजनीतिको खोल ओडेर बाउन्सरिङ गर्ने गुण्डागर्दी गर्दै हिँड्दै गरेको आरोप लगाउनु भयो । वीरगञ्जको विकास गर्न एमालेको सरकार आवश्यक रहेको वीरगञ्जका मेयर बिजय सरावगीले बताउनु भएको छ । यसैगरि विभिन्न पार्टीका दर्जनै नेता तथा कार्यकताहरु आज एमाले प्रवेश गरेका छन । नवप्रवेश नेताहरुलाई मेयर बिजय कुमार सरावगीले फुलमाला लगाई स्वागत गरेका थिए । त्यसैगरि वीरगञ्ज ७ मा नेकपा एमालेको सम्र्पक कार्यालय संचालनमा आएको छ
हाल स्वास्थ्य सेवाका कर्मचारीको व्यवस्थापन र सेवा सञ्चालन स्वास्थ्य सेवा ऐन २०५३ अनुसार भइरहेको छ । अहिले तीन तहको कर्मचारीसम्बन्धमा अन्र्तसम्बन्ध कायम गर्न जटिलता देखिएको छ । यसका अलावा स्वास्थ्य सेवामा रहने पद र वृत्तिविकासमा सम्बन्धमासमेत अन्यौल रहेकाले ऐनले त्यो विषय चिर्ने विश्वास लिइएको छ ।
चिसो मौसममा चायाको समस्या धेरैलाई हुने गर्दछ। यो एकप्रकारको फंगल इन्फेक्शन हो। काँइयो, तौलिया, रुमालको माध्यमबाट यो एक व्यक्तिबाट अर्कोमा सर्ने गर्दछ। यो समस्या बढ्दै गएको छ भने चिकित्सकको सल्लाह अनुसार औषधीको प्रयोग गर्नुपर्ने हुन्छ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्