भारतमा कोरोना तिब्र गतिमा बढदै ,नेपालमा पनि सतर्कता अपनाउन अनुरोध

भारतमा कोरोना तिब्र गतिमा बढदै ,नेपालमा पनि सतर्कता अपनाउन अनुरोध

सम्वादाता | २०७९ बैशाख ८ गते १७: १३ मा प्रकाशित

८ वैशाख, काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढिरहेको भन्दै नेपालमा पनि सतर्कता अपनाउन एक विज्ञप्त्ती मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।
हिजो मन्त्रालयले जारी गरेको विज्ञप्तिमा संख्यात्मक रूपमा संक्रमण केही कम भएको जस्तो देखिए पनि महामारीको जोखिम कायम नै रहेको जनाएको छ । ‘वर्तमान अवस्थामा संक्रमणको जोखिम कायमै रहेकाले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन र संवेदनशील भई जनस्वास्थ्यको मापदण्ड पालना गर्न र गराउन हुन सम्बन्धित निकायलाई अनुरोध गरिन्छ’–मन्त्रालय द्वारा जारी विज्ञप्तिमा भनिएको छ ।’
कोरोनाविरुद्धको खोप लगाउन बाँकी सबैले ढिला नगरी नजिकैको खोप केन्द्रमा गई खोप लगाउन र पूर्ण मात्रा खोप लगाएकाले ३ महिना पूरा भए पश्चात बुस्टर मात्रा लगाउन पनि सो विज्ञप्त्ती मार्फत अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्