विश्व स्वास्थ्य संगठनका महानिर्देशक काठमाडौं आइपुगे

विश्व स्वास्थ्य संगठनका महानिर्देशक काठमाडौं आइपुगे

सम्वादाता | २०७९ बैशाख ८ गते १६: ३० मा प्रकाशित

८ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको औपचारिक निमन्त्रणामा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आइपुगेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल लगायतका अधिकारीले उनको स्वागत गरेका छन् । महानिर्देशक गेब्रेयससका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारीहरूसमेत रहेका छन् ।आजै बेलुकी स्वास्थ्य मन्त्री खतिवडाले उहाँहरुको सम्मानमा रात्रीभोजको आयोजना गरेका छन् ।
तीनदिने भ्रमणका क्रममा गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना , परराष्ट्रमन्त्री नारायण खड्का लगायतसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
नेपालमा रहँदा उनले नेपाल सरकारका उच्च अधिकारी, डब्ल्यूएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्रसंघका प्रतिनिधिसँग पनि छलफल गर्ने छन् । महानिर्देशक डा. टेड्रोस वैशाख १० गते नेपालबाट फर्कने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्