वीरगञ्जमा एमाले र लोसपा बीच वडासम्मै तालमेल

वीरगञ्जमा एमाले र लोसपा बीच वडासम्मै तालमेल

सम्वादाता | २०७९ बैशाख ८ गते १३: ३६ मा प्रकाशित

बैशाख ८,पर्सा
वीरगन्ज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच अगाामी चुनावी तालमेल हुने भएको हो । बिहिबार वीरगन्जमा पत्रकार सम्मेलन गरि नगरप्रमुख एमालेलाई र उप–प्रमुख लोसपालाई दिने गरी सहमति गरेको हो ।
आउदो वैशाख ३० गते हुनलागेको स्थानिय चुनावमा वीरगन्जको मेयरमा एमालेका विजयकुमार सरावगी उम्मेदवार बन्ने भएका छन् भने उप–मेयरमा अहिले लोसपाले टुंगो लगाइसकेको छैन। सरावगी वर्तमान मेयर हुन् र उनी हालै मात्र एमालेमा प्रवेश गरेका थिए ।एमालेका उम्मेदवार सरावगीका अनुसार वडासम्मै तालमेल गर्ने सहमति भइसकेको छ ।
‘हामीले मेयर पाउने र लोसपाले उपमेयर पाउने गरि वीरगन्ज महानगरपालिकामा सहमति गरेका हौं, भोलिसम्ममा लोसपाले भने उपमेयरको टुंगो लगाउँछ होला’, सरावगीले भने, ‘मेयर उप–मेयरसँगै वडासम्मै हाम्रो तालमेल हुनेछ । हामी एक दुई दिन भित्र सबै वडाको टुंगोमा पुग्नेछौ।’
यसअघि बुधबार सत्ता गठबन्धनले वीरगन्जको मेयरमा जनता समाजवादी र उपमेयरमा कांग्रेसलाई दिने सहमति भएको छ।

प्रतिक्रिया दिनुहोस्