बैशाख ६, २०७९ प्रहरी कर्मचारीविरुद्ध विभिन्न स्रोतबाट उजुरी पर्छ । सो उजुरी छानविन र काम कारवाहीमा देखिएको त्रुटिका आधारमा प्रहरी कर्मचारीहरुलाई प्रधान कार्यालय र गृह मन्त्रालयले कारवाही गर्छ ।
२०७८ साउन पछिको ८ महिनामा १ हजार २ सय २८ भन्दा धेरै प्रहरी कर्मचारी कारवाहीमा परेका छन् । २०७८ साउन भन्दा पछि फागुन मसान्तसम्ममा १२ सय २८ जनालाई विभिन्नस्तरको कारवाही गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ४ जना प्रहरी नायव निरीक्षक (सई) सहित ६३ जनालाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी जागिरबाट बर्खास्त गरिएको छ । ५ जना प्रहरी भविष्यमा सरकारी जागिरमा अयोग्य ठहरिने गरी बर्खास्तीमा परेका छन् ।
२०७८ साउनपछि प्रहरी जवान र हबल्दार सबैभन्दा धेरै कारवाहीमा परेका छन् । देशभरका जिल्ला प्रहरी कार्यालय र परिसरहरुले ७२५ जना जवान र ३१९ जना हबल्दारहरूलाई कारवाही गरेको छ । जवान र हबल्दार ठुलो संख्यामा कारवाहीमा परेपनि ठूलो दर्जाका अधिकृत कारबाहीबाट जोगिने गरेका छन् ।
२०७८ साउनपछि १४ जना इन्स्पेक्टर, ४ जना डिएसपी र ३ जना एसपीलाई कारवाही गरिएको छ । साना दर्जालाई बर्खास्त गर्ने, तलव र बढुवा रोक्ने कारवाही गरिएको प्रहरी प्रधान कार्यालयको तथ्यांकबाट देखिन्छ । तर, माथिल्लो दर्जाका प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले ‘नसिहत’ र ‘सचेत’ मात्रै गराउने गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषामा रहँदा एसपी प्रकाश रानाभाटमाथि लागु औषध मुद्दाको मुचुल्का परिवर्तन गरेर कारोबारीलाई छाडेको आरोप लागेको थियो । सो मुद्दामा छानविन गर्दा उनले त्रुटि गरेको देखिएको छानवीनमा संलग्न अधिकृतहरु बताउँछन् । जिल्ला सरकारी वकिल कार्यालयले पनि मुचुल्का परिवर्तन गरेको रिपोर्ट महान्यायाधिवक्ताको कार्यालयमा पठाएको छ । तर, शक्तिकेन्द्रको दवावमा उनले कारवाहीबाट छुटकारा पाएका छन् । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले रानाभाटलाई ‘सचेत’ गराएर उन्मुक्ति दिएका छन् । मुद्दा चलाउनुपर्ने चेक आरोपीलाई फिर्ता दिएको घटनामा छानविन समितिले तत्कालिन जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहलाई कारवाही गर्न सिफारिस गरेको थियो । डीआईजी राजेशलाल कर्ण नेतृत्वको छानविन समितिले कारवाहीको सिफारिस गरेपनि सिंहमाथि कारवाही भएको छैन ।
हाल स्वास्थ्य सेवाका कर्मचारीको व्यवस्थापन र सेवा सञ्चालन स्वास्थ्य सेवा ऐन २०५३ अनुसार भइरहेको छ । अहिले तीन तहको कर्मचारीसम्बन्धमा अन्र्तसम्बन्ध कायम गर्न जटिलता देखिएको छ । यसका अलावा स्वास्थ्य सेवामा रहने पद र वृत्तिविकासमा सम्बन्धमासमेत अन्यौल रहेकाले ऐनले त्यो विषय चिर्ने विश्वास लिइएको छ ।
चिसो मौसममा चायाको समस्या धेरैलाई हुने गर्दछ। यो एकप्रकारको फंगल इन्फेक्शन हो। काँइयो, तौलिया, रुमालको माध्यमबाट यो एक व्यक्तिबाट अर्कोमा सर्ने गर्दछ। यो समस्या बढ्दै गएको छ भने चिकित्सकको सल्लाह अनुसार औषधीको प्रयोग गर्नुपर्ने हुन्छ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्