६ वर्षपछि पर्सा निकुञ्जमा गौरीगाई गणना हुँदै

६ वर्षको अन्तरालमा निकुञ्जले गणना थालेको हो

सम्वादाता | २०७९ बैशाख ५ गते १०: २९ मा प्रकाशित

वीगन्ज– पर्सा राष्ट्रिय निकुञ्जमा आइतबारदेखि गौरीगाई गणना सुरु गरिएको छ  । ६ वर्षको अन्तरालमा निकुञ्जले गणना थालेको हो  । निकुञ्जका अनुसार यसअघि २०७३ सालमा गणना भएको थियो  । गत वर्ष कोरोना महामारीको कारण नियमित गणना हुन सकेन । वन्यजन्तु सप्ताह मनाउँदै गर्दा गौरीगाई पनि गणना गर्ने निकुञ्ज कार्यालयले जनाएको छ ।

निकुञ्जका सूचना एवं सहायक संरक्षण अधिकृत सन्तोष भगतका अनुसार वैशाख १ देखि ७ सम्म वन्यजन्तु सप्ताह मनाउँदै गरेको सन्दर्भमा गौरीगाई गणना पनि गर्न लागिएको हो ।

निकुञ्जकर्मी, नेपाली सेना, हात्तिसारका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकसमेत गणनामा खटिएका छन् । गणकहरूलाई यसअघि निकुञ्जमा २ दिने अभिमुखीकरण तालिम दिइएका थियो । गणनाका लागि कुल १ सय २० जनाको टोली एकैसाथ परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्