पर्सामा सत्तारुढ दल कांग्रेस र जसपा छुट्टा–छुट्टै प्रतिस्पर्धा गर्ने सहमति

पर्सामा सत्तारुढ दल कांग्रेस र जसपा छुट्टा–छुट्टै प्रतिस्पर्धा गर्ने सहमति

सम्वादाता | २०७९ बैशाख ३ गते १९: ३९ मा प्रकाशित

वीरगन्ज– आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पर्साका सत्तारुढ दल कांग्रेस र जनता समाजवादी पाटी (जसपा) छुट्टा–छुट्टै प्रतिस्पर्धा गर्ने सहमति गरेका छन् । पा“च दलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर उम्मेदवार छनौट गर्ने भनेपनि पर्सामा तालमेलको अवस्था नदेखिएपछि दुबै दलका जिल्ला अध्यक्षले शनिबार बैठक गरि छुट्टा छुट्टै प्रतिस्पर्धा गर्ने सहमति गरेका हुन् । कांग्रेस पर्सा सभापति जर्नादन सिंह क्ष्ँेत्री र जसपा अध्यक्ष रामनेरश यादवले सहमति पत्रमा हस्ताक्षर समेत गरेका छन् । 
    सहमति पत्रमा ‘वैशाख ३० का दिन हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पर्सामा कांग्रेस र जसपाका दुबै दलले स्थानीय नेता र कायकर्ताको मनोभावनाको कदर गर्दैै छुट्टा छुट्टै जिल्लाको १४ वटै स्थानीय तहमा मित्रवत प्रतिस्पर्धा गर्न सहमत भएको’ उल्लेख छ । कांग्रेस सभापति सिंहले छुट्टा– छुट्टै प्रतिस्पर्धा गर्ने सहमति दुई दलबीच भएको बताए । ‘कार्यकर्ताको मनोभावना बुझेर छुट्टा–छुट्टै प्रतिस्पर्धा गर्ने सहमित भएको छ,’ उनले भने । जसपा अध्यक्ष्ँ रामनरेश यादवले तालमेलको अवस्था नभएपछि स्वच्छ प्रतिस्पर्धा गर्ने सहमित भएको बताए । ‘१४ वटै स्थानीय तह मध्ये कुनै पनि छाड्ने अवस्था दुबैको छैन्,’ उनले भने, ‘तालमेलको अवस्था छैन्, स्वच्छ प्रतिस्पर्धामा जान्छौ“ ।’  

 

प्रतिक्रिया दिनुहोस्