बहुदरमाईका निर्वाचित वडाअध्यक्ष एमालेमा प्रवेश

बहुदरमाईका निर्वाचित वडाअध्यक्ष एमालेमा प्रवेश

सम्वादाता | २०७९ बैशाख २ गते १८: ११ मा प्रकाशित

पर्सा– पर्साको बहुदरमाइ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रभु पटेल नेपाली काँग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नु भएको छ । २०७४ सालको निर्वाचनमा काँग्रेसबाट निर्वाचित हुनु भएका वडा अध्यक्ष पटेल आज एमामलेमा प्रवेश गर्नु भएको हो । बहुदरमाइ नगरपालिकाको पिपरामा शुक्रबार एमालेले आयोजना गरेको कार्यक्रममा वडा अध्यक्ष पटेलसंगै वडा नम्बर ९ का काँग्रेसबाट निर्वाचित वडा सदस्य महमद फकरुदिन र मोतिलाल साह पनि एमालेमा प्रवेश गर्नु भएको छ । कार्यक्रममा नवप्रवेशी वडा अध्यक्ष र वडा सदस्यहरुलाइ , एमाले केन्द्रिय सदस्य एंव संविधानसभा सदस्य राजकुमार गुप्ताले अबिरको टिका लगाउनुका साथै गम्छा ओढाएर  पार्टीमा स्वागत गर्नुभयो । कार्यक्रममा नेकपा एमाले पर्साका सचीव मनोज गुप्ता, जिल्ला कमिटि सदस्यहरु ध्रुब साह, पुरन कुर्मी र केदारनाथ तिवारी, एमाले नेता शीव पटेल , तेजप्रकाश निशाद लगायते उपस्थिती रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्