निर्वाचनलाई लक्षित गरी पर्सामा सुरक्षा कडा

निर्वाचनलाई लक्षित गरी पर्सामा सुरक्षा कडा

सम्वादाता | २०७९ बैशाख २ गते १८: ०८ मा प्रकाशित

पर्सा– आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पर्सामा नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । विशेषगरी भारतसँग सिमाना जोडिएको क्षेत्रमा भारतीय सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो । निर्वाचनमा सीमा क्षेत्रमा आपराधिक क्रियाकलाप हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको उहाँले बताउनुभयो । सीमा क्षेत्रमा हातहतियार ओसारपसार र अवैध सामानको ओसारपसारसहित सबै प्रकारका आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने प्रहरीको मुख्य योजना छ । जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका सबै युनिटलाई आवश्यकता अनुसार परिचालन गरी गाउँदेखि शहरसम्म सबै स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको एसपी बस्नेतले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय मातहतमा इलाका प्रहरी कार्यालय ८ , वडा प्रहरी कार्यालय दुई, सीमा प्रहरी चौकी तीन, प्रहरी चौकी २८ र अस्थायी प्रहरी पोष्ट १२ गरी कुल ७१ वटा प्रहरी युनिट रहेका छन् । नेपाल प्रहरीतर्फ जिल्लाभरि कुल एक हजार १६७ दरबन्दी रहेको पर्सा जिल्लामा हाल ९४३ जना मात्रै प्रहरी कार्यरत रहेको प्रहरी उपरिक्षक बस्नेतले जानकारी दिनुभयो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्