प्रशासकीय अधिृकतको सरुवाले पालिकाको काम प्रभावित

प्रशासकीय अधिृकतको सरुवाले पालिकाको काम प्रभावित

सम्वादाता | २०७९ बैशाख २ गते १७: ५८ मा प्रकाशित

कलैया – वाराका अधिकांश पालिकाहरुमा प्रमुख प्रशासकीय अधिकृतहरुको कम समयमै सरुवा हुंदा पालिकाको कामकाजमा असर परेको छ । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भइ आए यताको साढे ४ वर्षमा बाराका धेरैजसो पालिकाहरुमा प्रमुख प्रशाकीय अधिकृतकहरुको एक वर्ष नपुग्दै सरुवा हुदै आएको छ  । पालिकाका प्रशासकीय अधिकृतहरू संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयअन्तर्गत पर्ने भएकाले उनीहरूको सरुवा संघ सरकारबाट हुने गरेको छ  । कम समयमै सरुवा हुँदा पालिकाहरुमा भने विकास निर्माणदेखि प्रशासनिक काममा असर परिरहेको जनप्रतिनिधीहरुदे बताएका छन्  । मन्त्रालयले अनावश्यक सरुवा–थमौती गर्न थालेपछि पालिकाको विकास निर्माणसँगै प्रशासनिक तथा सेवामूलक कार्यमा असर परिरहेको देवताल गाँउपालिकाका अध्यक्ष चन्दन सिंहले बताउनुभयो । सरुवा थमौतीले पालिकामा परिरहेको असरलाई मन्त्रालयले बेवास्ता गरेको पनि उहाले बताउनुभयो  । देवताल गाँउपालिकाका प्रशासकीय अधिकृत सिकिन्द्र साहलाई भने मन्त्रालयले २ वर्षे कार्यकाल नपुग्दै सर्लाहीको चक्रघाटा गाउँपालिकमा सरुवा गरेको छ । तर, रमाना पत्र दिइएको छैन । संघीय मामिला मन्त्रालयको सरुवाले प्रमुख प्रशासकीय अधिकृत यता न उताको भइरहेको बारागढी गाँउपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी रायले बताउनुभयो ।मन्त्रालयले दबाब र प्रभावमा परेर कसैको सातैपिच्छे सरुवा गर्ने गरेको र कसैलाई सरुवा गरेर पनि थमौती दिने गरेकोले आफुहरु यता न उताको हुने गरेको प्रमुख प्रशाकीय अधिकृतहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्