नेपाली नक्कली नोटसहित बाराबाट पाँचजना पक्राउ

जिल्ला प्रहरी कार्यालय बाराले एक हजार दरका ६१ थान नक्कली नेपाली नोटसहित पाँचजनालाई पक्राउ गरेको छ ।

सम्वादाता | २०८० माघ २५ गते १५: ३३ मा प्रकाशित

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय बाराले एक हजार दरका ६१ थान नक्कली नेपाली नोटसहित पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा परवानीपुर गाउँपालिका– ५ का सुमित साह, सोही ठाउँ बस्ने सन्तोष पटेल, पर्साको वीरगन्ज महानगरपालिका– १० का विशालकुमार श्रीवास्तव, सोही ठाउँ बस्ने नीरज श्रीवास्तव र सर्लाहीको चन्द्रनगर गाउँपालिका निवासी ४४ वर्षीय रामचन्द्र महतो कोइरी रहेका छन् ।
विशेष सूचनाको आधारमा उनीहरूलाई नक्कली नोटको कारोबार गरिरहेको अवस्थामा विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
उनीहरूको साथबाट एक हजार दरका ६१ थान नक्कली नोट र भारतीय सीमकार्डसहितको मोबाइल सात थान बरामद भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्