सिमरा विमानस्थल स्तरोन्नतिका लागि ५ करोड २४ लाख रुपैयाँ विनियोजन

प्राधिकरणले चालू आर्थिक वर्षमा देशका विभिन्न विमानस्थलको रन–वे, ट्याक्सी–वे तथा एप्रोन (पार्किङ) निर्माण तथा विस्तारका लागि ९६ करोड ७३ लाख ३७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सम्वादाता | २०८० भदौ २८ गते १८: २५ मा प्रकाशित

वारा – नागरिक उड्डयन प्राधिकरणले बाराको सिमरा विमानस्थलको स्तरोन्नतिका लागि ५ करोड २४ लाख रुपैयाँ विनियोजन गरेको छ । प्राधिकरणले चालू आर्थिक वर्षमा देशका विभिन्न विमानस्थलको रन–वे, ट्याक्सी–वे तथा एप्रोन ९पार्किङ० निर्माण तथा विस्तारका लागि ९६ करोड ७३ लाख ३७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

जसमा सिमरा विमानस्थलको भागमा ५ करोड २४ लाख रुपैयाँ परेको हो । सिमरा विमानस्थलको ट्याक्सी–वे ओभरले र विमानस्थल सुरक्षाका लागि तार-बार गर्नका लागि पाँच करोड २४ लाख ४४ हजार रुपैयाँ छुट्याइएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।  प्राधिकरणका अनुसार सिमरा विमानस्थलमा गत आर्थिक वर्ष २०७९/८० मा भने १० करोड १६ लाख ४१ हजार रुपैयाँ लागतमा सम्झौता भएको थियो ।

यस्तै विराटनगर विमानस्थलको स्तरोन्नतिका लागि १० करोड, धनगढी विमानस्थलका लागि १ करोड २० लाख, मुगुको ताल्चा विमानस्थलका लागि ४ करोड ४४ लाख २४ हजार, इलामको फाल्गुननन्द सुकिलुम्बा विमानस्थलका लागि १ करोड र गोरखाको पालुङटार विमानस्थल सुदृढीकरणका लागि ४ करोड ४२ लाख ४७ हजार रुपैयाँ छुट्याइएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, महेन्द्रनगर विमानस्थलका लागि ९ करोड ७६ लाख ९९ हजार रुपैयाँ , चितवनको मेघौली विमानस्थलका लागि १ करोड ९ लाख रुपैयाँ, रूकुमको चौरजहारी विमानस्थलका लागि २२ करोड १२ लाख रुपैयाँ छुट्याइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्