असार १ देखि सातामा ६ दिन सेयर कारोबार

शुक्रबार भने साढे २ घण्टा मात्रै सेयर कारोबार हुने

सम्वादाता | २०७९ जेठ २९ गते १८: २४ मा प्रकाशित

काठमाडौं - सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेसँगै सातामा ६ दिन नै (शनिबार बाहेक) सेयर कारोबार हुने भएको छ । यसअघि शनिबार र आइतबार सार्वजनिक बिदा गर्ने सरकारको निर्णयपछि नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०ले शुक्रबार सेयर कारोबार खुला गरेर आइतबार बन्द गर्ने निर्णय गरेको थियो ।
सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेर आउँदो असार १ देखि पुरानै अवस्था अर्थात शनिबार मात्र सार्वजनिक बिदा कायम गरेको छ। यो निर्णयसँगै असार पहिलो सातादेखि लागू हुनेगरी आइतबार पनि सेयर कारोबार खुला गर्ने तयारी नेप्सेले गरेको हो। ‘आइतबार सेयर बजार खुला गर्दा हाल भइरहेको शुक्रबारको कारोबारलाई पनि निरन्तरता दिने तयारी भएको छ,’ नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले भने, ‘अन्तिम निर्णय भइसकेको छैन। तर सातामा ६ दिन सेयर कारोबार खुला राख्नका लागि आन्तरिक छलफल र तयारी गरिरहेका छौं। सम्भवतस् असार १ देखि नै उक्त व्यवस्था लागू हुनेछ।’

सरकारले आइतबार सार्वजनिक बिदा गरेपछि शुक्रबारको कार्यालय समय बढाएर पूरा दिन बनाइएको थियो। असार देखि शनिबार मात्र सार्वजनिक बिदा हुने भएपछि शुक्रबार कार्यालय समय आधा दिन मात्र कायम हुनेछ। यसकारण आइतबारदेखि बिहीबारसम्म चार घण्टा अर्थात बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र शुक्रबार साढे २ घण्टा अर्थात बिहान ११ बजेदेखि दिउँसो १स्३० बजेसम्म सेयरकारोबार खोल्ने तयारी भएको नेप्से स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्