बढ्यो सुनचाँदीको मूल्य

सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

सम्वादाता | २०७९ जेठ २९ गते १२: ५५ मा प्रकाशित

वीरगञ्ज - आइतबार सुन र चाँदीको मूल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

आइतबारको बजारमा खरिद बिक्रीका लागि छापावल सुनको मूल्य ९९ हजार २ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको ९८ हजार ७ सय र चाँदीको मूल्य १२८० रुपैयाँ प्रतितोला छ ।

 शुक्रबार ९७ हजार ७ सय रुपयाँ मा छापावल, ९७ हजार २ सय रुपैयाँमा तेजावी र १२६५ रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्