साताको अन्तिम दिन पनि नेप्सेमा गिरावट कायमै

शुक्रवार नेप्से परिसूचक १४.६४ प्रतिशतले घटेर २०४८.१६ बिन्दुमा झरेको छ । 

सम्वादाता | २०७९ जेठ २७ गते १९: ०२ मा प्रकाशित

काठमाडौं - साताको अन्तिम कारोबार दिन नेप्से सूचकमा गिरावट आएको छ । शुक्रवार नेप्से परिसूचक १४.६४ प्रतिशतले घटेर २०४८.१६ बिन्दुमा झरेको छ । 

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.११ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८४ अंक र सेन्सेटिभ इण्डेक्स १.२२ अंकले घटेको छ ।

शुक्रवार कारोबारमा आएका २२९ कम्पनीका ३० लाख ४५ हजार ८३८ कित्ता शेयर किनबेच भएर ८९ करोड ४१ लख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । 

 

प्रतिक्रिया दिनुहोस्