घट्यो सुन- चाँदीको भाउ

सुन प्रतितोला ९७ हजार सात सय रूपैयाँमा र चाँदी १२ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ। 

सम्वादाता | २०७९ जेठ २७ गते ११: ३१ मा प्रकाशित

काठमाडौं - शुक्रबार सुन- चाँदीको भाउ घटेको छ। आज सुन प्रतितोला ९७ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदी प्रतितोला १२ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ। 

सुनचाँदी व्यवसायी महासंघका  अनुसार अघिल्लो दिन सुन प्रतितोला ९८ हजार रूपैयाँ र चाँदी प्रतितोला १२ सय ८० रूपैयाँमा कारोबार भएको थियो। यसर्थ आज सुन प्रतितोला तीन सय रूपैयाँ र चाँदी प्रतितोला १५ रूपैयाँ घटेको हो। 

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ४४ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

प्रतिक्रिया दिनुहोस्