ठूलो परिमाणमा तस्करीको मोटरपार्टस बरामद

पार्टसहरु मंगलबार वीरगन्ज भन्सार कार्यालय बुझाएको प्रहरी प्रवक्ता समेत रहेका भारतीले जनाए । 

सम्वादाता | २०८१ जेठ २९ गते १७: २५ मा प्रकाशित

वीरगन्ज– पर्सा प्रहरीले वीरगन्जबाट अवैध तरिकाले भित्र्याई भण्डारण गरिएको विभिन्न किसिमको मोटरसाईकलका पार्टसहरु बरामद गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले वीरगन्ज महानगरपालिका –८ पानीट्यांकी स्थित मुकेश रौनियारको दुई तल्ले घरमा कोठा भाडा लिई सीमावर्ती भारतीय बजार रक्सौल बस्ने अजय गुप्ताले लुकाई छिपाई राखेको अवस्थामा मोटरसाइकलका पार्टसहरु बरामद गरेको हो । 

प्रहरी नायव उपरीक्षक दिपक भारतीका अनुसार जिल्ला प्रहरी कार्यालयबाट सोमबार दिउसो साढे दुई बजेको समयमा गएको प्रहरी टोलीले गुप्ताले भाडा लिएको कोठाबाट १० लाख ७४ हजार रुपैया बराबरको मोटरसाइकलका पार्टसहरु बरामद गरेको थियो । आवश्यक कारवाहीका लागि ती पार्टसहरु मंगलबार वीरगन्ज भन्सार कार्यालय बुझाएको प्रहरी प्रवक्ता समेत रहेका भारतीले जनाए । 

प्रतिक्रिया दिनुहोस्