सुनको मूल्यमा तीव्र गिरावट, चार दिनमै ४९०० ले घट्यो

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घट्दै १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

सम्वादाता | २०८१ जेठ ११ गते १२: १४ मा प्रकाशित

काठमाडौं - नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा तीव्र गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा आज तोलामा सुनको मूल्य १८ सय रुपैयाँले घटको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज तेजाबी सुन तोलामा १ लाख ३६ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घट्दै १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

म‌ंगलबार यता नेपाली बजारमा सुनको मूल्य निरन्तर घट्दो क्रममा छ। साताको सोमबार एक लाख ४१ हजार ८०० रुपैयाँ कायम भएर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य मंगलबार यता निरन्तर घट्दो क्रममा रहेको हो।

नेपाली बजारमा मंगलबार सुनको मूल्य १२ सय रुपैयाँले घटेको थियो। मंगलबार छापावाल सुन तोलामा १ लाख ४० हजार ६०० रुपैयाँ र तेजाबी सुन तोलामा १ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

एक सय रुपैयाँ घट्दै बुधबार छापावाला सुन १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन १ लाख ३९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार पनि सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले घटेको थियो। महासंघका अनुसार बिहीबार छापावाला सुन १ लाख ३८ हजार ७ सय रुपैयाँमा कारोबार हुँदा तेजाबी सुन १ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्