वीरगन्ज– पर्सा प्रहरीले ठूलो परिमाणमा भन्सार राजस्व छली वीरगन्जको आदर्शनगर स्थित गोदाममा भण्डारण गरेको अवस्थामा विभिन्न किसिमका कपडा बरामद गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका– ६ स्थित तुल्स्यान मार्केट (पमपम बिल्डिङ) मा रहेको दुईवटा गोदामबाट एक करोड २० लाख रुपैया मूल्य बराबरको पाइन्ट, सर्ट तथा सर्टिङ/सुटिङको कपडा बरामद गरेको हो ।
प्रहरी नायव उपरिक्ष्ँक कुमार विक्रम थापाका अनुसार बिहीबार करिब ३ बजेको समयमा प्रहरीले तुल्स्यान मार्केटमा कोठा भाडामा लिई भारतबाट अवैध रुपले भन्सार राजस्व छली तस्करी मार्फत विभिन्न कपडा ल्याई भण्डारण गरेको सूचनाको आधारमा छापामारेको थियो ।
पर्सा प्रहरी प्रवक्ता समेत रहेका थापाले वीरगन्ज महानगरपालिका– ६ निवासी ४४ वर्षीय रामएकबाल कुशवाहाको गोदामबाट करिब ४० लाख रुपैया र वीरगन्ज– १६ निवासी २४ वर्षीय आकाश कुमार गुप्ताको गोदामबाट करिब ८० लाख रुपैया बराबरको सर्टिङ सुर्टिङ तथा पाइन्ट र सर्टको कपडा बरामद भएको हो । बरामद गरिएका कपडा थप कारवाहीका लागि शुक्रबार वीरगन्ज भन्सार कार्यालयमा पठाइएको थापाले बताए ।
कम्पनीका अनुसार अवतार ११ नेपाली बजारमा उपलब्ध हुने सबैभन्दा प्रिमियम ईभी हुनेछ । यसले कम्फर्ट, स्टाइल, टेक्नोलोजी र इनोभेसनद्वारा ड्राइभिङ गर्ने व्यक्तिलाई असीमित अनुभव प्रदान गर्ने छ ।
यो नयाँ कारमा ९०.३८ किलोवाट आवर र ११६.७९ किलोवाट आवरको ब्याट्री प्याक अप्सन दिइएको छ । ७५० भोल्टको हाई भोल्टेज प्लेटफर्ममा निर्मित यो कारले २४० किलोवाट आवरको फास्ट चार्जर समेत सपोर्ट गर्दछ ।
चालु आर्थिक वर्षको तुलनामा बजेट घटेर आएको भए पनि बजेटमा आगामी आर्थिक वर्षमा वीरगन्जलाई सुन्दर, समुन्नत र समृद्द बनाउने गरी विषेश कार्यक्रम समेटेको उनले जनाए ।
प्रहरी नायव उपरीक्षक दिपक भारतीका अनुसार जिल्ला प्रहरी कार्यालयबाट सोमबार दिउसो साढे दुई बजेको समयमा गएको प्रहरी टोलीले गुप्ताले भाडा लिएको कोठाबाट १० लाख ७४ हजार रुपैया बराबरको मोटरसाइकलका पार्टसहरु बरामद गरेको थियो ।
गत वर्ष लगाइएका करमा आएको विवाद निरूपण गर्ने र कर कानूनहरूलाई थप व्यवस्थित गर्न नयाँ ऐनको समेत व्यवस्था गरिँदै छ। यस पटक पनि बजेटबाट केही नयाँ करको व्यवस्था गरिने छ।
प्रतिक्रिया दिनुहोस्