ढुवानी व्यवसायी महासंघको अध्यक्षमा माधव नेपाल निर्वाचित

दुईवटा उपाध्यक्षको पदमा निर्वाचन हुंदा अरुण कुमार श्रेष्ठले ध्रुव खत्रीलाई पराजित गरे भने प्रदीप अर्यालले बालकृष्ण पोखरेललाई पराजित गरेका थिए ।

सम्वादाता | २०८० चैत ५ गते ०९: ३० मा प्रकाशित

वीरगन्ज– ढुवानी व्यवसायी महासंघ नेपालको काठमाडौंमा सम्पन्न भएको छैटौ महाधिवेशनमा अध्यक्षमा माधव प्रसाद नेपाल निर्विरोध निर्वाचित भएका छन् । लाजिम्पाट स्थित होटल दुसित प्रिन्सेसमा सम्पन्न भएको महाधिवेशनमा दुईवटा केन्द्रीय उपाध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा निर्वाचन भएको थियो भने अध्यक्ष लगायत अन्य पदमा पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका थिए । 

वरिष्ठ उपाध्यक्ष पदमा अच्युतराज खनाल निर्विरोध निर्वाचित भए । दुईवटा उपाध्यक्षको पदमा निर्वाचन हुंदा अरुण कुमार श्रेष्ठले ध्रुव खत्रीलाई पराजित गरे भने प्रदीप अर्यालले बालकृष्ण पोखरेललाई पराजित गरेका थिए ।

महासचिवमा पुष्पराज श्रेष्ठ निर्विरोध निर्वाचित भए । यसैगरि सचिवमा धर्मराज पोखरेलले केदार बानियालाई पराजित गरेका थिए । कोषाध्यक्षमा पूर्ण रेग्मिले राजकुमार न्यूपानेलाई पराजित गरेका थिए । सहकोषाध्यक्षमा टेकराज पोखरेल निर्विरोध निर्वाचित भएका थिए ।  यसैगरि ७ वटै प्रदेश संयोजक र ९ जना केन्द्रीय सदस्य समेत निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्तले जनाएका छन् ।

प्रदेश संयोजकमा कृष्ण प्रसाद ढुंगेल, सृजन तिमिल्सीना, सोमप्रसाद भट्टराई, दधिराम कोइराला, चेतराज जोशी, श्यामराज हमाल निर्विरोध निर्वाचित भएका हुन् । केन्द्रय सदस्यमा कमल राज ढुंगाना, कमल प्रसाद बिडारी, कृष्ण राज पौडेल, चिरन्जीवी पौडेल, दिपिन अर्याल, दामोदर खराल, निलकण्ठ थापा, राजेश कुमार मल्लीक र सन्तोष कुमार कार्की निर्विरोध निर्वाचित भएका हुन् । महाधिवेशनमा ५७ जना मतदाता सहभागि रहेका थिए । 

‘राष्ट्र निर्माणको आधार, सुरक्षित ढुवानी समृद्ध व्यापार’ भन्ने नारालाई आत्मसाथ गरि देशभरका ढुवानी व्यवसायीहरुलाई एकीकृत गर्ने र व्यवसायीहरुको साझा समस्याहरु समाधानका साथै हकहित संरक्ष्ँण गर्ने उद्देश्यका साथ २०६५ सालमा ढुवानी व्यवसायी महासंघ नेपालको स्थापना भएको हो । अहिले महासंघमा १८ वटा स्थानीय संस्थाहरु आवद्ध रहेका छन् । निर्वाचित नया नेतृत्वको कार्यकाल तीन वर्षको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्