वीरगन्ज– रौतहटको गौर नाकाबाट ठूलो परिमाणमा कपडाको चोरी तस्करी भइरहेको खुलासा भएको छ । सोमबार राजस्व अनुसन्धान विभागले एउटौ ट्रकबाट ७६ लाख मूल्य बराबरको कपडा बरामद गरेको छ । उक्त ट्रकले गौरबाट चामल लोड गरेको देखाएर कपडा बोकेको थियो ।
राजस्व अनुसन्धान विभागले सानेपाबाट ७६ लाख रुपैयाँबराबरको अवैध रूपमा भित्र्याएको कपडासहितको ट्रक सोमबार नियन्त्रणमा लिएको छ । ट्रकमा चामल राखेको देखाएर राजस्व छलेको कपडाको चोरी पैठारी गरिएको थियो । विभागका महानिर्देशक नवराज ढुंगानका अनुसार ट्रकमा कुर्ता सलवार, सारी, धोतीलगायतका तयारी पोशाक रहेको छ ।
उनका अनुसार उक्त ट्रक गौरबाट काठमाडौंतर्फ आएको थियो । गौरदेखि नै पछ्याएर राजस्वको टोलीले चालकसहित ट्रकलाई पनि सानेपाबाट नियन्त्रणमा लिएको हो । खुला सीमाको फाइदा उठाएर तराइका नाकाहरूबाट चोरी पैठारीका सामान भित्र्याउने गरिएको छ ।
राजस्व अनुसन्धानका कार्यालय, बोर्डर आउट पोस्टमा ९बीओपी० मा सशस्त्र प्रहरी र नेपाल प्रहरीको चौकी ठाउँठाउँमा राखेपनि खुला बोर्डरको फाइदा लिएर गरिने चोरी पैठारी भने रोकिएको छैन । विभागका अनुसार एउटै ट्रकमा ठूलो परिमाण र लाखौं मूल्यको सामान बरामद भएको सम्भवतः यो घटना हो । कपडाधनीको खोजी भइरहेको विभागले जनाएको छ ।
कम्पनीका अनुसार अवतार ११ नेपाली बजारमा उपलब्ध हुने सबैभन्दा प्रिमियम ईभी हुनेछ । यसले कम्फर्ट, स्टाइल, टेक्नोलोजी र इनोभेसनद्वारा ड्राइभिङ गर्ने व्यक्तिलाई असीमित अनुभव प्रदान गर्ने छ ।
यो नयाँ कारमा ९०.३८ किलोवाट आवर र ११६.७९ किलोवाट आवरको ब्याट्री प्याक अप्सन दिइएको छ । ७५० भोल्टको हाई भोल्टेज प्लेटफर्ममा निर्मित यो कारले २४० किलोवाट आवरको फास्ट चार्जर समेत सपोर्ट गर्दछ ।
चालु आर्थिक वर्षको तुलनामा बजेट घटेर आएको भए पनि बजेटमा आगामी आर्थिक वर्षमा वीरगन्जलाई सुन्दर, समुन्नत र समृद्द बनाउने गरी विषेश कार्यक्रम समेटेको उनले जनाए ।
प्रहरी नायव उपरीक्षक दिपक भारतीका अनुसार जिल्ला प्रहरी कार्यालयबाट सोमबार दिउसो साढे दुई बजेको समयमा गएको प्रहरी टोलीले गुप्ताले भाडा लिएको कोठाबाट १० लाख ७४ हजार रुपैया बराबरको मोटरसाइकलका पार्टसहरु बरामद गरेको थियो ।
गत वर्ष लगाइएका करमा आएको विवाद निरूपण गर्ने र कर कानूनहरूलाई थप व्यवस्थित गर्न नयाँ ऐनको समेत व्यवस्था गरिँदै छ। यस पटक पनि बजेटबाट केही नयाँ करको व्यवस्था गरिने छ।
प्रतिक्रिया दिनुहोस्