पर्यटक बढ्दा वीगन्जको होटल दियालोले एकै वर्षमा गर्यो सवा १२ करोडको व्यापार

साढे २ हेक्टर क्षेत्रफलमा फैलिएको चार तारे होटलमा ६० वटा कोठा सहित अन्य विभिन्न सेवाको सुविधा छ । कम्पनीले ‘दियालो लर्ड प्लाजा’ ब्राण्डमा व्यवसायिक कारोबार गर्दै आएको छ ।

सम्वादाता | २०८० कार्तिक २६ गते १४: १६ मा प्रकाशित

वीरगन्ज – कोभिडपछि पर्यटकको आगमन बढ्दा वीरगञ्जमा रहेको होटल दियालोको व्यापारमा उछाल आएको छ । कम्पनीले एकै वर्ष सवा १२ करोड रुपैयाँ बढीको व्यापार गरेको छ । पछिल्लो एक वर्षदेखि दियालोमा किंग्स क्यासिनो समेत सञ्चालनमा आएको छ । क्यासिनोले पनि होटलको प्रवद्र्धनमा टेवा पुगाएको छ ।
कम्पनीले सन् २०२३ मा १२ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ९ करोड ८० लाख रुपैयाँ र सन् २०२१ मा ५ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
साढे २ हेक्टर क्षेत्रफलमा फैलिएको चार तारे होटलमा ६० वटा कोठाहित अन्य विभिन्न सेवाको सुविधा छ । कम्पनीले ‘दियालो लर्ड प्लाजा’ ब्राण्डमा व्यवसायिक कारोबार गर्दै आएको छ ।
कम्पनीअनुसार सरकारले पर्यटन क्षेत्रलाई जोड दिँदै आएकाले पर्यटकको आगमन बढ्दै गएको जनाएको छ । सन् २०२३ मा पर्यटक आगमनमा कोभिडपछि रिबाउन्ड हुँदै गएकाले त्यसको प्रत्यक्ष प्रभाव होटलको व्यापारमा देखिएको छ ।
सन् २०२३ मा कम्पनीको व्यापार २५ प्रतिशतले बढेको छ । कम्पनीअनुसार सन् २०२३ मा आम्दानी गरेकोमध्ये कोठाको बुकिङ र क्यासिनो युनिटबाट उल्लेख्य कारोबार गरेको छ । त्यस्तै, कम्पनीले ३५.३५ प्रतिशतले नाफा कमाएको छ । सन् २०२२ मा ३३.१६ प्रतिशतले नाफा कमाएको थियो ।
सुनिकुमार रुङ्गाटाको स्वामित्व रहेको छ । भारतको लर्ड इन होटल र डेभलपर्स लिमिटेडसँग सम्झौता गरी चेन होटल सञ्चालन गर्दै आएको कम्पनीले ७० करोड रुपैयाँ ऋण लिने भएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ६५ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५ करोड रुपैयाँको रेटिङ गराएको छ । 

 

प्रतिक्रिया दिनुहोस्