वीरगन्जबाट ल्यापटप र कम्प्युटरको पनि हुन्छ तस्करी

वीरगन्ज महानगरपालिका– ५ स्थित एडी कम्प्युटर सप्लायर्सका सञ्चालक अजय सिंहको घरबाट भन्सार छली ल्याएको ५१ लाख २६ हजार मूलय बराबरको कम्प्युटर, ल्यापटप तथा इलेक्ट्रोलिक्स सामानहरु बरामद गरेको हो ।

सम्वादाता | २०८० असोज २८ गते १७: ४७ मा प्रकाशित

वीरगन्ज– पर्सा प्रहरीले ठूलो परिमाणमा चोरी पैठारी गरि वीरगन्ज भित्र्याइएका कम्प्युटर, ल्यापटप तथा कम्प्युटरका पार्टसहरु बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा शनिबार दिउसो जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका– ५ स्थित एडी कम्प्युटर सप्लायर्सका सञ्चालक अजय सिंहको घरबाट भन्सार छली ल्याएको ५१ लाख २६ हजार मूलय बराबरको कम्प्युटर, ल्यापटप तथा इलेक्ट्रोलिक्स सामानहरु बरामद गरेको हो ।

प्रहरी नायव उपरिक्षक कुमार विक्रम थापाका अनुसार सञ्चालक सिंहको चार तल्ले घरको भुई तल्ल्लाको कोठामा भन्सार छली अवैध तरिकाले कम्प्युटर, ल्यापटप तथा कम्प्युटरका पार्टसहरु भण्डारण गरेको पाइएको हो ।

पर्सा प्रहरी प्रवक्ता समेत रहेको डिएसपी थापाले भन्सार राजस्व छली चोरी पैठारीको माध्यमले भित्र्याइएका कम्प्युटर, ल्यापटप तथा अन्य सामाग्री बरामद गरि अवाश्यक कारवाहीका लागि आइतबार राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको जनाए ।

उनका अनुसार प्रहरीले डेल कम्पनीको सिपियू, ल्यापटप, मोनिटर, माउस, मोनिटर वायर, सिपियू बक्स, हार्ड डिक्स, सीसीटीभी वायर, मथर बोर्ड, ग्राफिक्स कार्ड, कुलिङ फ्यान, ल्यापटप चार्जर, कम्प्युटर ब्याट्री लगायतका सामान बरामद गरेको हो ।

प्रतिक्रिया दिनुहोस्