माग पुरा नभए असोज १४ देखि ड्राईपोर्टको मूख्य गेटमा फेरि धर्ना बस्ने चेतावनी

ड्राईपोर्ट भन्सार कार्यालयले भदौ मसान्त भित्र मुआवजाको सम्पूर्ण रकम भुक्तानी दिने गरि समितिसंग सम्झौता गरेपछि धर्ना स्थगित गरिएको थियो । अहिले भदौ महिना सकेर असोज लागिसक्दा पनि मुआवजा रकम भुक्तानी भएको छैन् ।

वीरगन्ज – वीरगन्ज महानगरपालिका वडा नम्बर २५ स्थित ड्राइपोर्ट सुक्खा बन्दरगाह संघर्ष समितिले असोज १३ गते भित्र माग पुरा नभए फेरि धर्नामा बस्ने जनाएका छन् ।

ड्राईपोर्ट विस्तारको लागि सरकारद्धारा अधिग्रहण गरिएको जग्गा लगायत भौतिक सम्पत्तिको मुआवजा रकमको भुक्तानीमा भएको ढिलाई र मुआवजा रकमबाट कट्टा हुंदै गरेको लाभांश २.५ प्रतिशत बाट बढाई ५ प्रतिशत कायम गरिएको विरोधमा संघर्ष समितिको आह्वानमा प्रभावित परिवारका सदस्यले यस अघि ड्राईपोर्ट गेटमा धर्ना बसेका थिए ।

ड्राईपोर्ट भन्सार कार्यालयले भदौ मसान्त भित्र मुआवजाको सम्पूर्ण रकम भुक्तानी दिने गरि समितिसंग सम्झौता गरेपछि धर्ना स्थगित गरिएको थियो । अहिले भदौ महिना सकेर असोज लागिसक्दा पनि मुआवजा रकम भुक्तानी भएको छैन् ।

असोज १३ गतेसम्म सम्झौता अनुसार भुक्तानी नगरिए फेरि धर्ना बस्ने संघर्ष समितिले जनाएको छ । समितिले आईतबार सुक्खा बन्दरगाह कार्यालयलाई ज्ञापन पत्र समेत पेश गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्