वीरगन्ज– सिप्रबी सेक्युरिटीज प्रालिको (स्टक ब्रोकर नं. २२) वीरगन्जको आदर्शनगर स्थित रुंगटा कम्पलेक्समा शाखा उद्घाटन भएको छ । उद्योग वाणिज्य संघका अध्यक्ष अशोक टेमानीले एक कार्यक्रमका बीच शाखा उद्घाटन गरेका हुन् । सिप्रबीको मूख्य कार्यालय ललितपुरको पुलचोकमा रहेको छ ।
सिप्रबीले गत वर्ष लर्डस दियालोमा लगानीकर्ता सचेतना सत्रको भव्य आयोजना गरेको थियो । विगत २ वर्षदेखि सिप्रबीमा प्रत्येक नया ग्राहकले खाता खोल्दा इमेल मार्फत निशुल्क शैक्षिक सामाग्री प्राप्त गर्ने गरेका छन् ।
सिप्रबीको नवीन स्मार्ट सेवा सामाधानले ग्राहकलाई आफ्ना समस्याहरु गुगल, वाट्सएप, फेसबुक मेसेन्जर मार्फत सञ्चार गर्न अनुमति दिन्छ, ब्रोकरहरुले मिनेटमा जवाफ दिन्छन् । सिप्रबीको नेतृत्व योग्य व्यवसायीकहरुले गर्छन् जसले आफ्नो सेवाहरुमा विशेषज्ञता र अनुभव ल्याउंछन् । सिप्रबीले भविष्यको शैक्षिक अभियानका लागि वीरगन्जका धेरै कलेजहरुसंग पनि साझेदारी गरेको कम्पनीले जनाएको छ । शुक्रबार उद्घाटन सत्रमा वीरगन्जका बैंक म्यानेजर, लगानीकर्ता लगायतको उपस्थिती रहेको थियो ।
कम्पनीका अनुसार अवतार ११ नेपाली बजारमा उपलब्ध हुने सबैभन्दा प्रिमियम ईभी हुनेछ । यसले कम्फर्ट, स्टाइल, टेक्नोलोजी र इनोभेसनद्वारा ड्राइभिङ गर्ने व्यक्तिलाई असीमित अनुभव प्रदान गर्ने छ ।
यो नयाँ कारमा ९०.३८ किलोवाट आवर र ११६.७९ किलोवाट आवरको ब्याट्री प्याक अप्सन दिइएको छ । ७५० भोल्टको हाई भोल्टेज प्लेटफर्ममा निर्मित यो कारले २४० किलोवाट आवरको फास्ट चार्जर समेत सपोर्ट गर्दछ ।
चालु आर्थिक वर्षको तुलनामा बजेट घटेर आएको भए पनि बजेटमा आगामी आर्थिक वर्षमा वीरगन्जलाई सुन्दर, समुन्नत र समृद्द बनाउने गरी विषेश कार्यक्रम समेटेको उनले जनाए ।
प्रहरी नायव उपरीक्षक दिपक भारतीका अनुसार जिल्ला प्रहरी कार्यालयबाट सोमबार दिउसो साढे दुई बजेको समयमा गएको प्रहरी टोलीले गुप्ताले भाडा लिएको कोठाबाट १० लाख ७४ हजार रुपैया बराबरको मोटरसाइकलका पार्टसहरु बरामद गरेको थियो ।
गत वर्ष लगाइएका करमा आएको विवाद निरूपण गर्ने र कर कानूनहरूलाई थप व्यवस्थित गर्न नयाँ ऐनको समेत व्यवस्था गरिँदै छ। यस पटक पनि बजेटबाट केही नयाँ करको व्यवस्था गरिने छ।
प्रतिक्रिया दिनुहोस्