वीरगन्जको नगवामा ३ करोडको लागतमा कृषि बजार निर्माण हुने

पुर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका सांसद यादवले कृषि बजारको शिलान्यास गरेका छन् ।

सम्वादाता | २०८० जेठ २४ गते १६: ३८ मा प्रकाशित

वीरगन्ज – वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवामा कृषि बजार निर्माण गर्न थालिएको छ । पर्सा क्षेत्र नम्बर १ का सांसद एवम् पूर्व मन्त्री प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको पहलमा किसानहरुले उत्पादन गर्ने कृषि उपज बिक्रीवितरणका लागि नगवामा थोक कृषि बजार निर्माण गर्न थालिएको हो ।

बुधबार पुर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका सांसद यादवले कृषि बजारको शिलान्यास गरेका छन् । त्यस अवसरमा वीरगन्ज महानगरका मेयर सिंह, वडा नम्बर १६ का वडाअध्यक्ष परशुराम चौरसिया लगायतको उपस्थिति थियो । मधेस प्रदेश सरकारले उपलब्ध गराएको ३ करोड रुपैयाँको लागतमा कृषि बजार निर्माण गर्न लागिएको मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्